सञ्चारमन्त्री गुरुङले भने- मुलुकमा अस्थिरता कायम हुनुमा प्रणालीलाई मात्रै दोष दिनु हुँदैन | Khabarhub Khabarhub

सञ्चारमन्त्री गुरुङले भने- मुलुकमा अस्थिरता कायम हुनुमा प्रणालीलाई मात्रै दोष दिनु हुँदैन


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा अस्थिरता कायम हुनुमा प्रणालीलाई मात्रै दोष दिनु उचित नभएको बताएका छन् ।  

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले अस्थिरता निर्वाचन प्रणालीका कारण मात्रै नभई दलहरूको कारणले पनि हुने गरेको बताएका हुन् । उनले दलहरू मिलेर काम गर्न सके जस्तो प्रणाली भए पनि स्थिरता कायम हुन सक्ने धारणा राखे । 

बाह्य शक्तिको हस्तक्षेपले समेत मुलुकमा अस्थिरता देखिने गरेको भन्दै उनले प्रणालीको सुधार गर्नुभन्दा पहिले दलहरूको कार्यशैलीमा सुधारको आवश्यकता रहेको उल्लेख गरे । 

गुरुङले संविधान संशोधन गर्दा पूर्ण समानुपातिक प्रणाली जानुपर्नेमा जोड दिए । पूर्ण समानुपातिक प्रणालीमा जान सके निर्वाचनमा नाममा हुने खर्च समेत नियन्त्रण हुने उनको भनाइ छ ।  

त्यस्तै उनले आदिवासी जनजातिलाई संविधानले दिएको अधिकार कार्यान्वयनमा सरोकारवाला निकायहरू गम्भीर हुनुपर्ने बताए ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १ : ३४ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ