सार्वजनिक बिदा दिने देशहरूको सूचीमा नेपाल पहिलो, रामहरिले भने- बिदा कटौती गरौँ   « Khabarhub

सार्वजनिक बिदा दिने देशहरूको सूचीमा नेपाल पहिलो, रामहरिले भने- बिदा कटौती गरौँ  


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई सार्वजनिक बिदा घटाउन सुझाव दिएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा उनले सरकारलाई सार्वजनिक बिदा कटौती गर्न सुझाव दिएका हुन् ।
 
सांसद खतिवडाले नेपाल सार्वजनिक बिदा दिने राष्ट्रकै पहिलो नम्बरमा देखिएको पनि संसद्लाई जानकारी गराए ।  

‘नेपाल पब्लिक होलिडे दिनेमा संसारकै पहिलो नम्बरमा परेछ । बिदालाई अलिकता कम गर्नुपर्‍यो,’ उनले भने, ‘त्यतातिर सरकारले ध्यान दिएर अध्ययन गरेर अगाडि बढोस् ।’ 

सांसद खतिवडाले संसदमा दिएका जानकारीअनुसार नेपालको छिमेकी मुलुक भारत सार्वजनिक बिदा दिने देशहरूको सूचीको सातौँ नम्बरमा छ । 

उनका अनुसार नेपालपछि दोस्रोमा इरान, तेस्रोमा म्यानमार, चौथोमा श्रीलंका, पाँचौँमा बंगलादेश र छैठौँमा कम्बोडिया देखिन्छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  २ : २४ बजे

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध