चीन भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओली « Khabarhub

चीन भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओली


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् । शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पाँच दिने चीन भ्रमणबारे जानकारी दिएका हुन् । 

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणमा भदौ १४ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेको बताए । 

‘यस भ्रमणको उद्देश्य चीनको तियामजिङ सहरमा आयोजना हुने संघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनु हो,’ उनले भने ।

शांघाई सहयोग संगठन (एससीओ) सन् २००१ मा स्थापना गरिएको विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एकको रूपमा विकसित भइसकेको प्रधानमन्त्रीले बताए ।

चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । यस्तै अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्रहरूमा पर्छन् ।

नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स शाङ्घाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) रहेका प्रधानमन्त्रीले जानकारी दिए ।

उनले भ्रमणका क्रममा चीनका राष्ट्रपति सीसँग आफ्नो दुई पक्षीय भेट हुने कार्यक्रम रहेको पनि बताए । ‘बेइजिङमा चीनका महामहिम उपराष्ट्रपति श्री हान चङ्गसँग पनि मेरो भेट हुनेछ। चीनका महामहिम राष्ट्रपति र उपराष्ट्पतिले दिनुहुने छुट्टाछुट्टै रात्रिभोजमा समेत हामी सहभागी हुनेछौँ,’ प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  २ : ३० बजे

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि