मेरो चीन भ्रमणले नेपालको छवि माथि उठाउने छ : प्रधानमन्त्री ओली « Khabarhub

मेरो चीन भ्रमणले नेपालको छवि माथि उठाउने छ : प्रधानमन्त्री ओली


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पाँच दिने चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन्। शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले भ्रमण नेपालका लागि लाभदायक हुने विश्वास व्यक्त गरे।

उनका अनुसार, नेपालले सांघाई सहयोग संगठन (एससीओ) मा आफ्नो सहभागिता स्तर बढाउँदै लगेको छ। विश्वकै सबैभन्दा ठूलो संगठनका रूपमा विस्तार भइसकेको एससीओमार्फत् नेपालले अत्यधिक लाभ लिन सक्ने उनले बताए।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र हान चङसँग भेट हुने जानकारी दिए। साथै उनले विभिन्न मित्र राष्ट्रका सरकार प्रमुखसँग समेत वार्ता गर्ने बताए।

भदौ १६ गते सुरु हुने एससीओको उद्घाटन कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले अन्तिम दिन (भदौ १८) चीन सरकारले आयोजना गर्ने फासीवादविरुद्धको विश्व युद्ध र जापानमाथि चीनको जितको उत्सव अवलोकन गर्ने बताए। उक्त कार्यक्रममा कम्तीमा ५० देशका प्रतिनिधिहरू सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले मुलुकको हित र प्रतिष्ठालाई उचाल्ने विश्वास व्यक्त गर्दै, ‘नेपालको छवि माथि उठाउने गरी हाम्रो प्रतिनिधिमण्डलले काम गर्नेछ,’ भनेका छन

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  २ : ३२ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका