मेरो चीन भ्रमणले नेपालको छवि माथि उठाउने छ : प्रधानमन्त्री ओली « Khabarhub

मेरो चीन भ्रमणले नेपालको छवि माथि उठाउने छ : प्रधानमन्त्री ओली


१३ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पाँच दिने चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन्। शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले भ्रमण नेपालका लागि लाभदायक हुने विश्वास व्यक्त गरे।

उनका अनुसार, नेपालले सांघाई सहयोग संगठन (एससीओ) मा आफ्नो सहभागिता स्तर बढाउँदै लगेको छ। विश्वकै सबैभन्दा ठूलो संगठनका रूपमा विस्तार भइसकेको एससीओमार्फत् नेपालले अत्यधिक लाभ लिन सक्ने उनले बताए।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र हान चङसँग भेट हुने जानकारी दिए। साथै उनले विभिन्न मित्र राष्ट्रका सरकार प्रमुखसँग समेत वार्ता गर्ने बताए।

भदौ १६ गते सुरु हुने एससीओको उद्घाटन कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले अन्तिम दिन (भदौ १८) चीन सरकारले आयोजना गर्ने फासीवादविरुद्धको विश्व युद्ध र जापानमाथि चीनको जितको उत्सव अवलोकन गर्ने बताए। उक्त कार्यक्रममा कम्तीमा ५० देशका प्रतिनिधिहरू सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले मुलुकको हित र प्रतिष्ठालाई उचाल्ने विश्वास व्यक्त गर्दै, ‘नेपालको छवि माथि उठाउने गरी हाम्रो प्रतिनिधिमण्डलले काम गर्नेछ,’ भनेका छन
।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  २ : ३२ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली