प्रधानमन्त्री ओलीले चीनमा सी र पुटिनसहित यी विश्‍व नेतालाई भेट्दैछन् « Khabarhub

प्रधानमन्त्री ओलीले चीनमा सी र पुटिनसहित यी विश्‍व नेतालाई भेट्दैछन्


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने भएका छन् ।

शनिबारदेखि हुन गइरहेको चीनको पाँच दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगै रूसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने भएका हुन् ।

भ्रमणका क्रममा माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि छुट्टाछुट्टै भेटवार्ता तय भएको छ ।

शांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सीको मैत्रिपूर्ण निमन्त्राणमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेका हुन् ।

भ्रमणका क्रममा उनी बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा पनि सहभागी हुने छन् ।

उक्त कार्यक्रममा उत्तर कोरियाली शासक किम जोङ उन पनि सहभागी हुँदैछन् । प्रधानमन्त्री ओलीको किमसँग भने भेटवार्ता तय भएको छैन । चीनका अनुसार ५० भन्दा बढी देशले वार्षिकोत्सव समारोहमा सहभागिता जनाउने छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  २ : ५१ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने