कोशी प्रदेशमा तीन हजार रोजगारी सिर्जना हुने परियोजना सञ्चालन « Khabarhub

कोशी प्रदेशमा तीन हजार रोजगारी सिर्जना हुने परियोजना सञ्चालन


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ ।

यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ । ‘उदय परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ ।

६० करोड रुपैयाँको ‘ग्यारेन्टी’ फन्डमार्फत आठ अर्ब बराबरको कर्जा सुरक्षा गरिने र २८ करोड रुपैयाँको ‘च्यालेञ्ज फन्ड’मार्फत प्रवर्द्धनात्मक तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

यसबाहेक ‘इनफर्मेसन पोर्टल’मार्फत बजारसम्बन्धी सूचना उपलब्ध गराउने व्यवस्था पनि परियोजनाले गर्नेछ । परियोजनाअन्तर्गत बिना धितो ३० लाखदेखि तीन करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराइने र त्यसका लागि बैङ्क छनोटको प्रक्रिया अघि बढाइएको छ । 

कोशी प्रदेश सरकारका अनुसार, उदय परियोजनाले प्रदेशमा उद्यमशीलताको विकाससँगै ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने र आर्थिक आधारलाई मजबुत पार्ने लक्ष्य लिएको छ । परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि तयार भइसकेको र अब कार्यान्वयन चरणमा प्रवेश गरेको छ ।

यो परियोजनालाई प्रदेश सरकारले प्रदेशका १४ वटा जिल्लामा पुर्‍याउने लक्ष्य राखेको छ । पहाडी क्षेत्रको बसाइसराइलाई मध्यनजर गरेर त्यहाँ सञ्चालन रहेका साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्ने र नयाँ उद्योगहरू स्थापनाका लागि प्रोत्साहन गर्ने नीति कोशी प्रदेश सरकारले लिएको छ । यो परियोजनाअन्तर्गत कोशी प्रदेश सरकारको ‘क्रेडिट ग्यारेन्टी’मा झन्डै आठ अर्ब रुपैयाँ लगानी परिचालन हुनेछ । 

पहिलो चरणमा चार वर्षसम्म सञ्चालन हुने यो परियोजनाबाट कोशी प्रदेशमा तीन हजार रोजगारी सिर्जना हुनेछ । परियोजनाका व्यवसाय विकास प्रमुख विष्णु काफ्लेले यो परियोजनाको प्रोजेक्ट १० वर्षसम्म सञ्चालन गर्नेगरी तयार गरिएको बताए  । 

उनले पहिलो चरणमा यो परियोजना चार वर्षसम्मको हुने जानकारी दिए । उदय परियोजनाका टोली नेता अरुण राणाले यो परियोजनालाई सफल रुपमा अगाडि बढाउने गरी तयारी गरिएको बताउँदै परियोजनालाई व्यापक रूपमा नयाँ उद्यम गर्न चाहने र उद्यम गरिरहेकाहरूको बीचमा पुर्‍याउने योजनासमेत रहेको जानकारी दिए । 

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदीले यो परियोजनाबाट कोशी प्रदेशलाई थप उचाइमा लैजानका लागि सहयोग पुग्ने जानकारी दिए  ।

मुख्यमन्त्री कार्कीको पहलकदमीमा भएको एउटा महत्वकाङ्क्षी र महत्त्वपूर्ण परियोजना भएको उनले बताए । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना रानाले परियोजना सञ्चालन भएसँगै प्रदेशमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताए । उनका अनुसार, परियोजनाले बजार प्रवद्र्धनदेखि नयाँ उद्योग स्थापना गर्ने बाटो खोल्नेछ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक उदय परियोजनालाई कोशी प्रदेशमा नमूनाका रूपमा सफल बनाएर देशव्यापी रूपमा उदाहरण दिने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘यो परियोजना कोशी प्रदेशको आर्थिक समृद्धि र विकासका लागि कोसेढुङ्गा हुनेछ।’ मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले पर्यटन कृषिमा ध्यान दिएको उल्लेख गर्दै पदमार्गमा आधारित पर्यटन विकासका लागि चारवटा पदमार्ग निर्माण गरिरहेको र योसँगै अहिले उदय परियोजनामार्फत सञ्चालनमा ल्याइन लागेको नवउद्यमशीलता प्रवर्द्धन कार्यक्रमले कोशी प्रदेशको समृद्धिमा ठूलो योगदान पुग्ने जानकारी दिए  । रासस

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ३ : १० बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका