लिम्पियाधुरा-कालापानी समेटिएको नेपालको प्रतिवेदन राष्ट्रसङ्घमा « Khabarhub

लिम्पियाधुरा-कालापानी समेटिएको नेपालको प्रतिवेदन राष्ट्रसङ्घमा


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यसै वर्ष सरकारले संयुक्त राष्ट्रसंघलाई पठाएको एउटा दस्तावेजमा नेपालको कालापानी र लिम्पियाधुरा पनि समेटेको नक्सा राखेको पाइएको छ ।

जनवरी महिनामा सरकारले राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (युएनएचसीआर) अन्तर्गतको ट्रिटी बडीलाई पठाएको ‘कमन कोर’ दस्तावेजमा नेपालको अद्यावधिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि समेटिएको देखिएको हो ।

सो दस्तावेजमा नेपालको कुल क्षेत्रफल एक लाख ४८ हजार ७ वर्गकिलोमिटर रहेको उल्लेख छ । त्यसअघि सन् १९९४ जुन १४ (वि.सं. २०५१ जेठ ३१) मा पनि नेपालले यस्तै दस्तावेज पठाएको थियो ।

त्यसबेला नेपालका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री गिरिजाप्रसाद कोइराला थिए । गिरिजाको पालामा उक्त दस्तावजेमा नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर रहेको उल्लेख गरिएको थियो ।

सन्‌ १९९४ मा नेपालले पठाएको कोर डकुमेन्टमा देशको क्षेत्रफलबारे उल्लेखित विवरण ।

काङ्ग्रेसकै सभापति शेरबहादुर देउवाकी पत्नी तथा नेतृ आरजु राणा देउवा परराष्ट्रमन्त्री रहँदा पेश गरिएको नयाँ कमन कोर डकुमेन्टमा लिम्पियाधुरा समेतको क्षेत्रफल र सो भूभाग समेटिएको नक्सा राखेर राष्ट्र सङ्घमा पठाइएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ५ : ५० बजे

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध