बाँकेका छ स्थानीय तह क्षेत्रका पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण  « Khabarhub

बाँकेका छ स्थानीय तह क्षेत्रका पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण 


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेका छ स्थानीय तह क्षेत्रका पशु चौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत तथा सूचना अधिकारी भोजबहादुर रावलले जिल्लाका सात स्थानीय तहमा पशुमा सङ्क्रमण देखिएकामा उपचार सुरु भएको बताए । 

उनले अनुसार सङ्क्रमण बढ्दो अवस्थामा रहे पनि स्थानीय तहले तदारुकताका साथ उपचार गरिरहेको जानकारी दिए ।

यहाँको राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा, बैजनाथ, डुडुवाका केही क्षेत्रमा सङ्क्रमण देखिएको हो । हालसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भने सङ्क्रमण नभएको विज्ञ केन्द्रले जनाएको छ । 

सूचना अधिकारी रावलले एक महिनादेखि नै पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिन थालेको उल्लेख गर्दै सबैभन्दा बढी गाई र गोरुमा समस्या भएको बताए। स्थानीय तहबाट विवरण आउने क्रम जारी रहेकाले सङ्क्रमित पशुको यकिन सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।  

जिल्लाको जानकी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिलबहादुर खड्काले किसानलाई अनुदानमा औषधि उपलब्ध गराइएको र कतिपय औषधि नेपालमा नपाइएकाले भारतको रुपैडिहाबाट ल्याएर लगाउने गरिएको बताए। 

राप्तीसोनारीका पशु सेवा विभाग प्रमुख जयबहादुर कार्कीले गाउँपालिका–१, २, ६ लगायतका वडामा सङ्क्रमण देखिएकाले ‘भ्याक्सिन’का लागि विज्ञ केन्द्रलाई पत्राचार गरिएको बताए  । रासस

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ५ : ४७ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने