मधेस प्रदेशसभाको बैठक दोस्रो दिन पनि स्थगित « Khabarhub

मधेस प्रदेशसभाको बैठक दोस्रो दिन पनि स्थगित


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मधेस प्रदेशसभाको शुक्रबार दोस्रो दिनको बैठक पनि सुरु भएको केही समयमै स्थगित गरिएको छ ।

शुक्रबार दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सदस्यहरूले विरोध जनाएका थिए। त्यसपछि सभामुख रामचन्द्र मण्डलले नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुशवाहालाई बोल्ने समय दिए ।

कुशवाहाले अर्थमन्त्रीले त्रुटिपूर्ण बजेट ल्याएको र बहुमतले पास गरिएको भन्दै अर्थमन्त्री सुनीलप्रसाद साहको राजीनामा माग गरे  । उनले अर्थमन्त्रीको राजीनामा नआएसम्म सदनमा अवरोध जारी रहने बताए ।  

लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षीको भनाइको प्रतिवाद गरे । सर्वदलीय बैठकमा नआउने र सदनमा अवरुद्ध जारी राख्ने कार्य गलत भएको उनको भनाइ थियो ।

त्यसपछि सभामुख मण्डलले प्रदेशसभा बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित भएको घोषणा गरे । प्रतिपक्षी दलहरूले दुई दिनदेखि सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएका छन् । 

जनता समाजवादी पार्टी  (जसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यहरूले बैठक अवरुद्ध गर्दै आएका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ०१ बजे

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको