‘अभिमन्यु’को २५ लाख बराबरको टिकट आफैँ किन्ने योजनामा निर्माता विनोद « Khabarhub

‘अभिमन्यु’को २५ लाख बराबरको टिकट आफैँ किन्ने योजनामा निर्माता विनोद


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माताहरूले अनुपेन्सी उच्च देखाउन आफैँले टिकट किन्ने गरेको चर्चा नेपाली चलचित्र वृत्तमा पुरानो भइसकेको छ। अन्य निर्माताहरू टिकट किन्ने प्रवृती स्वीकार गर्न तयार छैनन् । तर, किन्ने थुप्रै छन् ।

निर्माता विनोद पौडेल भने खुलेरै आफ्नो फिल्मको टिकट आफैँ किन्ने गरेको बताउँछन् । विनोद व्यापारिक रुपमा ऐतिसाहिक सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्मातामध्ये एक हुन् ।

यो फिल्मको अकुपेन्सी उच्च देखाउन आफूले १२ लाखको टिकट किनेको उनी आफैँले सामाजिक सञ्जालमार्फत् अभिव्यक्ति दिएका थिए ।

उनले दाबी थियो, ‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २०–२५ लाखको त टिकट किन्नैपर्छ । १०–१२ लाखको त हामीले पनि किनेकै हो । अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो ।’

अर्थात्, निर्माताले आफ्नो फिल्मको टिकट आफैँ काटेर उच्च अकुपेन्सी देखाउनुलाई उनी ‘मार्केटिङ प्लान’को रुपमा बुझ्छन् ।

तिनै निर्माताको अर्को फिल्म ‘अभिमन्यु’ भदौ २७ बाट प्रदर्शनमा आउँदैछ । ललितपुरस्थित एक फिल्म हलमा कार्यक्रमको आयोजना गरी बिहीबार यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो ।

त्यसमा टिकट किनेको प्रसंगमा चर्चा भएको थियो । उनलाई प्रश्न गरिएको थियो, ‘यो फिल्मका लागि चाहिँ कति लाखको टिकट किन्ने योजना छ ?’

उनले यो प्रश्नको जवाफ सहजरुपमा दिए । भने, ‘साढे १२ लाख नेपालीलाई र साढे १२ लाख हिन्दीलाई ।’

उनको यो जवाफले हलमा हाँसो फैलियो ।

अर्थात्, ‘अभिमन्यु’का लागि २५ लाखको टिकट किन्ने योजनामा रहेको विनोद आफैँले बताए ।

यो फिल्म नेपाली र हिन्दी भाषामा बनेको निर्माण पक्षले बताएको छ । प्रत्येक भाषालाई उनले साढे १२ लाखको दरले छुट्याएका हुन् ।

यो फिल्ममा नायक कामेश्वर चौरासिया, नायिकाहरु लक्ष्मी बर्देवा, सरिता गिरी र गौमाया गुरुङ शीर्ष भूमिकामा रहेको बताइएको छ ।

सेभेनसिन सिनेमको प्रस्तुतीमा बनेको यस फिल्मको निर्देशक सुशान्त गौतम हुन् । लेखक भने मुकेश खनाल हुन् । विनोद र गुञ्जन गिरी मिलेर लगानी गरेका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : ५७ बजे

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१

विश्वकपमा आज तीन खेल : अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्।

खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै

काठमाडौं– बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुवातः क्यानडा ५७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा