अन्तत: पदमुक्त भइन् थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा, मन्त्रिपरिषद् पनि भंग | Khabarhub Khabarhub

अन्तत: पदमुक्त भइन् थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा, मन्त्रिपरिषद् पनि भंग


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

बैंकक- थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट हटाएको छ । यससँगै उनको मन्त्रिपरिषद् भंग भएको छ।

उनी सन् २००८ पछि संवैधानिक अदालतद्वारा पदच्युत गरिएका थाइल्याण्डकी पाँचौँ प्रधानमन्त्री बनेकी छन्।

कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको उनको फोन वार्ताको अडियो चुहिएपछि विवाद बढेको थियो। त्यसैका कारण गत जुलाईमा उनलाई निलम्बन गरिएको थियो।

पेटोङटार्न थाइल्याण्डकी सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन्। उनले ३७ वर्षको उमेरमा पद सम्हालेकी थिइन्। उनी देशकी दोस्रो महिला प्रधानमन्त्रीसमेत बनेकी थिइन्।

उनकी काकी यिङलक शिनावात्रा २०११ देखि २०१४ सम्म थाइल्याण्डकी प्रधानमन्त्री रहेकी थिइन्। पेटोङटार्नका पिता थाकसिन शिनावात्रा पनि प्रधानमन्त्री भइसकेका छन्।

थाई अरबपति तथा पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राकी छोरी पेटोङटार्नले थाइल्याण्डका उत्कृष्ट विद्यालयमा अध्ययन गरेकी थिइन्।

त्यसपछि उनले बेलायतको सरे विश्वविद्यालयमा पढाइ गरिन्। अध्ययनपछि उनी परिवारको ‘रेनन्डे’ होटल समूहसँग आबद्ध भइन्।

उनी आफ्नो उपनाम ‘उङ इङ’ बाट पनि परिचित छिन्। उनी २०२१ मा फ्यु थाई पार्टी प्रवेश गरेकी थिइन् । त्यसपछि २०२३ मा पार्टीको नेतृ बनेकी थिइन्।

गत वर्ष थाई संसद्ले उनलाई उनका पूर्ववर्ती स्रेत्था थाविसिनको ठाउँमा प्रधानमन्त्री चुनेको थियो। थाविसिनलाई संवैधानिक अदालतले मन्त्री नियुक्ति नियम तोडेको आरोपमा पदबाट हटाएको थियो।

शिनावात्रा परिवार दशकमैदेखि थाइ राजनीतिमा प्रभावशाली रहँदै आएको छ। पैतोङटार्नको पदच्युतिले यस राजनीतिक परिवारलाई ठूलो धक्का पुगेको छ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : २७ बजे

यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई

चितवन राष्ट्रिय निकुञ्जमा बाक्लो सङ्ख्यामा देखिन थाले बाघ

चितवन– सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले

स्वास्थ्यमन्त्री शर्मा र चिनिया राजदूत सङबीच भेट : द्विपक्षीय साझेदारीलाई दीगो बनाउने

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र

चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिशुस्टिनबीच बेइजिङमा भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले आज बेइजिङमा रूसी प्रधान मन्त्री

भारतमा मतदाता सूची सुधार अभियान शुरु

नयाँ दिल्ली- भारत सरकारले मङ्गलबारदेखि देशव्यापी रूपमा आफ्नो मतदाता सूचीको