पछिल्लो एक सातामा २ सय ६ जनामा डेंगु संक्रमण पुष्टि, संक्रमितको संख्या ३५ सय नाघ्यो  « Khabarhub

पछिल्लो एक सातामा २ सय ६ जनामा डेंगु संक्रमण पुष्टि, संक्रमितको संख्या ३५ सय नाघ्यो 


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर २ सय ६ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडि) को तथ्यांक अनुसार गत २४ घण्टामा २३ जना नयाँ संक्रमित थपिएका छन् । 

योसँगै नेपालमा डेंगु संक्रमितको संख्या ३ हजार ५ सय ८६ पुगेको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९ सय ९८ जनामा संक्रमण देखिएको छ भने बागमतीमा ७ सय ४५, लुम्बिनीमा ६ सय २१, कोषीमा ६ सय ७, सुदूरपश्चिममा ४ सय २१, कर्णालीमा १ सय २६ र मधेश प्रदेशमा ७१ जना संक्रमित रहेका छन् । 

अझै २ महिना डेंगुको जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट बच्नका लागि आवश्यक सतर्कताहरू अपनाउन चिकित्सकहरू सुझाउँछन् । डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ३९ बजे

हर्कको व्यङ्ग्य- कसैले कसैको नसुन्ने ढुङ्गाहरूको देश हो कि मान्छेको ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्‍मा बोलेका केही

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

महोत्तरी– अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर

अमेरिकी उपराष्ट्रपति भान्सको स्विस भ्रमण स्थगित

एजेन्सी– अमेरिका र इरानबीच हालै भएको सम्झौतापछि अगाडि बढाइने कूटनीतिक

एकैदिन तोलामा १० हजार बढीले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा