माधव नेपालले भने- हाम्रो ठूलो समस्या ओली हुन्, अझै एक्ल्याएर कमजोर बनाउन खोज्दैछन् « Khabarhub

माधव नेपालले भने- हाम्रो ठूलो समस्या ओली हुन्, अझै एक्ल्याएर कमजोर बनाउन खोज्दैछन्


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीका लागि ठूलो समस्या केपी ओली रहेको बताएका छन् ।  

शुक्रबार पार्टीको काठमाडौं क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा पार्टीका सामु ठूलो समस्याका रूपमा एमाले नेतृत्व विशेषगरि केपी ओली नै रहेको बताएका हुन् । 

कांग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने र पार्टीलाई एक्लै बनाइ कमजोर बनाउने सोच गलत रहेको उनले बताए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ६ महिना अघि सदस्यता दिदै अध्यक्षको आश्वासन दिनेले व्यक्ति नै अहिले भण्डारीविरुद्ध लागेको जिकिर गरे ।

त्यस्तै अध्यक्ष नेपालले आफ्नो पार्टीभित्र केही नेताहरूले गडबडी गरिरहेको भन्दै अनुशासनहीन कार्य स्वीकार गर्न नसक्ने बताए ।  

उनले पार्टी नेतृत्वविरुद्ध असहमति भए महाधिवेशनमा सामना गर्न चुनौती समेत दिए । 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ५३ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको