‘मानव सेवा आश्रमलाई विस्तार गर्न सरकारले पूर्ण सहयोग गर्ने’ « Khabarhub

‘मानव सेवा आश्रमलाई विस्तार गर्न सरकारले पूर्ण सहयोग गर्ने’


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मानव सेवा आश्रमलाई बागमती प्रदेशको सबै जिल्लामा विस्तार गर्न सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । 

मानव सेवा आश्रम हेटौँडाको १३औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले सडक–आश्रित, बेसाहारा तथा असहाय मानवको उद्धार र संरक्षणमा मानव सेवा आश्रमको कार्य उत्कृष्ट रहेकाले यसलाई प्रदेशको १३ वटै जिल्लामा विस्तार गर्न प्रदेश सरकार पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मानव सेवा आश्रमको सेवा सबै जिल्लामा विस्तार गर्ने अभियानमा प्रदेश सरकार साझेदार बन्ने बताउँदै उनले आवश्यकता अनुसार मानव सेवा आश्रमको भवन तथा भौतिक संरचना निर्माणका लागि सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।  

प्रदेशका सबै जिल्लामा सडक आश्रित बेसहारा मानवहरूको व्यवस्थापन गरी बागमती प्रदेशलाई ‘मानवताको प्रदेश’ घोषणा गर्ने प्रदेश सरकारको चाहना रहेको बताउँदै मुख्यमन्त्री बानियाँले समाजलाई कसरी राम्रो बनाउने र टुटेका मनलाई कसरी जोड्ने भन्नेमा सबैले चिन्तन गर्नुपर्ने बताए  ।  
 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ५६ बजे

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको