जापान पुगेर मोदीले भने : विश्वमा आर्थिक स्थिरता ल्याउन भारत–चीन मिल्नुको विकल्प छैन « Khabarhub

जापान पुगेर मोदीले भने : विश्वमा आर्थिक स्थिरता ल्याउन भारत–चीन मिल्नुको विकल्प छैन


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

टोक्यो- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि जापान पुगेका छन्। उनले जापान पुगेर त्यहाँस्थित पत्रिका योमिउरी शिनबुनलाई अन्तर्वार्तासमेत दिएका छन् । उनले उक्त अन्तर्वार्तामा भारत–जापानसँगै चीनसँगको स्थिर सम्बन्धमा पनि जोड दिएका छन्।

प्रधानमन्त्री मोदीले शुक्रबार भने, ‘विश्व आर्थिक व्यवस्थामा स्थिरता ल्याउन भारत र चीनले मिलेर काम गर्नु अत्यन्तै जरुरी छ।’

उनले नयाँ दिल्ली आपसी सम्मान, साझा हित र संवेदनशीलताको आधारमा दुवै देशबीचको सम्बन्धलाई दीर्घकालीन र रणनीतिक दृष्टिकोणबाट अघि बढाउन तयार रहेको बताए।

भारत र चीन संसारका दुई ठूला जनसंख्या भएका छिमेकी मुलुक भएकालेदुवैबीचको सम्बन्ध स्थिर, पूर्वानुमेय र मैत्रीपूर्ण भए त्यसले क्षेत्रीय र विश्व शान्ति तथा समृद्धिमा सकारात्मक प्रभाव पार्ने उनले बताए ।

मोदीले थपे, ‘राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा म सांघाई कोअपरेशनको शिखर सम्मेलनमा सहभागी हुन तिआनजिन जाने तयारीमा छु । गत वर्ष कजानमा भएको भेटपछि दुवै देशबीचको सम्बन्धमा निरन्तर प्रगति भएको छ।’

यो बहुध्रुवीय एशिया र बहुध्रुवीय विश्वका लागि पनि महत्त्वपूर्ण रहेको उनले बताए। हालको विश्व आर्थिक अस्थिरतालाई मध्यनजर गर्दै भारत र चीनजस्ता ठूला अर्थतन्त्रबीच सहकार्य अझ आवश्यक रहेको उनले स्पष्ट पारे।

जापानको ‘फ्री एन्ड ओपन इन्डो–प्यासिफिक’ अवधारणासँग भारतको दृष्टिकोण मेल खाने मोदीले बताए। उनले भारत–जापान दुवै मुलुकले शान्त, समृद्ध र स्थिर इन्डो–प्यासिफिक चाहेको बताए । जहाँ सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान हुने पनि उनको तर्क छ ।

रूस–युक्रेन संघर्षमा भारतको विचार

मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग हालै भएको भेटबारे उल्लेख गर्दै भारतले सैद्धान्तिक र मानवीय दृष्टिकोण कायम राखेको बताए। उनले वार्ता र कूटनीतिक उपायमार्फत शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा जोड दिए।

ग्लोबल साउथको प्राथमिकता

मोदीले सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्न ग्लोबल साउथलाई प्राथमिकता दिनुपर्ने बताए।

महामारी, संघर्ष र आपूर्ति शृंखलामा देखिएका अवरोधहरूले दक्षिणी मुलुकलाई सबैभन्दा बढी असर पारेको उनले बताए। भारतले यी मुद्दालाई विश्व एजेन्डामा अघि सारेको उनले जोड दिए।

ब्रिक्स र बहुपक्षीय सुधार

मोदीले भारत ब्रिक्समार्फत पनि ग्लोबल साउथका लागि सक्रिय रूपमा काम गरिरहेको बताए । ब्रिक्स परामर्श र सहकार्यको महत्त्वपूर्ण मञ्च बनेको उनले बताए।

यस्तै, उनले वर्तमान भू–राजनीतिक तथा आर्थिक वास्तविकतालाई प्रतिबिम्बित गर्न बहुपक्षीय संस्थाहरूमा व्यापक सुधारको माग गर्दै आएका छन्।

सन् २००४ देखि स्थापित क्वाड विश्वका लागि सकारात्मक परिणाम दिने शक्ति बनेको र हिन्द–प्रशान्त क्षेत्रमा योगदान पुर्‍याएको उनले उल्लेख गरे।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : ३० बजे

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य