जापान पुगेर मोदीले भने : विश्वमा आर्थिक स्थिरता ल्याउन भारत–चीन मिल्नुको विकल्प छैन « Khabarhub

जापान पुगेर मोदीले भने : विश्वमा आर्थिक स्थिरता ल्याउन भारत–चीन मिल्नुको विकल्प छैन


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

टोक्यो- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि जापान पुगेका छन्। उनले जापान पुगेर त्यहाँस्थित पत्रिका योमिउरी शिनबुनलाई अन्तर्वार्तासमेत दिएका छन् । उनले उक्त अन्तर्वार्तामा भारत–जापानसँगै चीनसँगको स्थिर सम्बन्धमा पनि जोड दिएका छन्।

प्रधानमन्त्री मोदीले शुक्रबार भने, ‘विश्व आर्थिक व्यवस्थामा स्थिरता ल्याउन भारत र चीनले मिलेर काम गर्नु अत्यन्तै जरुरी छ।’

उनले नयाँ दिल्ली आपसी सम्मान, साझा हित र संवेदनशीलताको आधारमा दुवै देशबीचको सम्बन्धलाई दीर्घकालीन र रणनीतिक दृष्टिकोणबाट अघि बढाउन तयार रहेको बताए।

भारत र चीन संसारका दुई ठूला जनसंख्या भएका छिमेकी मुलुक भएकालेदुवैबीचको सम्बन्ध स्थिर, पूर्वानुमेय र मैत्रीपूर्ण भए त्यसले क्षेत्रीय र विश्व शान्ति तथा समृद्धिमा सकारात्मक प्रभाव पार्ने उनले बताए ।

मोदीले थपे, ‘राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा म सांघाई कोअपरेशनको शिखर सम्मेलनमा सहभागी हुन तिआनजिन जाने तयारीमा छु । गत वर्ष कजानमा भएको भेटपछि दुवै देशबीचको सम्बन्धमा निरन्तर प्रगति भएको छ।’

यो बहुध्रुवीय एशिया र बहुध्रुवीय विश्वका लागि पनि महत्त्वपूर्ण रहेको उनले बताए। हालको विश्व आर्थिक अस्थिरतालाई मध्यनजर गर्दै भारत र चीनजस्ता ठूला अर्थतन्त्रबीच सहकार्य अझ आवश्यक रहेको उनले स्पष्ट पारे।

जापानको ‘फ्री एन्ड ओपन इन्डो–प्यासिफिक’ अवधारणासँग भारतको दृष्टिकोण मेल खाने मोदीले बताए। उनले भारत–जापान दुवै मुलुकले शान्त, समृद्ध र स्थिर इन्डो–प्यासिफिक चाहेको बताए । जहाँ सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान हुने पनि उनको तर्क छ ।

रूस–युक्रेन संघर्षमा भारतको विचार

मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग हालै भएको भेटबारे उल्लेख गर्दै भारतले सैद्धान्तिक र मानवीय दृष्टिकोण कायम राखेको बताए। उनले वार्ता र कूटनीतिक उपायमार्फत शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा जोड दिए।

ग्लोबल साउथको प्राथमिकता

मोदीले सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्न ग्लोबल साउथलाई प्राथमिकता दिनुपर्ने बताए।

महामारी, संघर्ष र आपूर्ति शृंखलामा देखिएका अवरोधहरूले दक्षिणी मुलुकलाई सबैभन्दा बढी असर पारेको उनले बताए। भारतले यी मुद्दालाई विश्व एजेन्डामा अघि सारेको उनले जोड दिए।

ब्रिक्स र बहुपक्षीय सुधार

मोदीले भारत ब्रिक्समार्फत पनि ग्लोबल साउथका लागि सक्रिय रूपमा काम गरिरहेको बताए । ब्रिक्स परामर्श र सहकार्यको महत्त्वपूर्ण मञ्च बनेको उनले बताए।

यस्तै, उनले वर्तमान भू–राजनीतिक तथा आर्थिक वास्तविकतालाई प्रतिबिम्बित गर्न बहुपक्षीय संस्थाहरूमा व्यापक सुधारको माग गर्दै आएका छन्।

सन् २००४ देखि स्थापित क्वाड विश्वका लागि सकारात्मक परिणाम दिने शक्ति बनेको र हिन्द–प्रशान्त क्षेत्रमा योगदान पुर्‍याएको उनले उल्लेख गरे।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : ३० बजे

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक

लामिन र रोनाल्डको गोलमा बार्सिलोना सेमिफाइनलमा

काठमाडौं – कोपा डेल रेको क्वार्टरफाइनलमा बार्सिलोना विजयी भएको छ।

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप

निर्वाचन २९ दिन बाँकीः समानुपातिक बन्दसूचीमा पुरुष भन्दा महिला बढी

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक