कराँचीमा बेपत्ता पारिएका व्यक्तिका परिवारको प्रदर्शन जारी « Khabarhub

कराँचीमा बेपत्ता पारिएका व्यक्तिका परिवारको प्रदर्शन जारी


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती बेपत्ता पारिएका व्यक्तिका परिवारले पाकिस्तानको कराँच शहरमा प्रदर्शन जारी राखेका छन् । जबरजस्ती बेपत्ता पारिएका बलोच समुदाय व्यक्तिका परिवारले प्रदर्शन गरेका हुन् ।

उनीहरुले कराँच प्रेस क्लबअगाडि विगत दुई साताभन्दा लामो समयदेखि प्रदर्शन गर्दै आएका छन् । परिवारका अनुसार जाहिद अली बलोच विगत १७ जुलाईदेखि बेपत्ता छन् ।

कराँचमा गाडी कुरिरहेका बेला उनलाई सुरक्षाकर्मीले लगेको जनाइएको छ । त्यसयता उनको अवस्था अज्ञात छ ।

उनी बेपत्ता हुँदा परिवारमा मानसिक आघात पुगेको जाहिदका बाबु हमिदलाई उद्धृत गर्दै बलोचिस्तान पोस्टले जनाएको छ । उनीविरुद्ध अदालतमा कुनै मुद्दा दायर भएको भए यसबारे जानकारी दिन परिवारले आग्रह गरेको छ ।

यसैबीच अर्का एक जना बलोच समुदायका व्यक्ति बेपत्ता भएको समाचार सार्वजनिक भएको छ । गत अगस्ट १७ का दिन स्थानीय जातीय नेताका छोरा मिर युसफ कलन्दरनी बेपत्ता भएका छन् । उनलाई कराँचीमा पक्राउ गरिएको जनाइएको छ ।

त्यसयता उनको अवस्था पनि अज्ञात छ । पाकिस्तानको बलोचिस्तानमा लामो समयदेखि स्वतन्त्रतावादी आन्दोलन चलिरहेको छ ।

यसै क्रममा पाकिस्तानी सुरक्षाकर्मीले बलोचिस्तान र पाकिस्तानका अन्य भागमा बसोबास गर्ने बलोच समुदायका व्यक्तिलाई जबरजस्ती बेपत्ता पार्दै आएको अधिकारवादी संस्थाहरुले आरोप लगाउने गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : २७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा