अफगानिस्तानमा स्वास्थ्य सङ्कट : दुई करोड २० लाखलाई तत्काल सहयोग आवश्यक « Khabarhub

अफगानिस्तानमा स्वास्थ्य सङ्कट : दुई करोड २० लाखलाई तत्काल सहयोग आवश्यक


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काबुल– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अफगानिस्तानले गम्भीर स्वास्थ्य सङ्कटको सामना गरिरहेको चेतावनी दिएको छ । यहाँ दुई करोड २० लाख मानिसलाई तत्काल सहायता आवश्यक छ । 

डब्लुएचओका अनुसार आर्थिक अभावले क्लिनिकहरू बन्द भएका छन् र सामूहिक शरणार्थी फिर्तीले पहिले नै कमजोर स्वास्थ्य प्रणालीलाई डुबाउने खतरा सिर्जना गरेको छ ।

अफगानिस्तानका चार करोड ६० लाख मानिसमध्ये दुई करोड २० लाख भन्दा बढीलाई तत्काल सहायताको आवश्यकता रहेको डब्लुएचओले बताएको छ । 

देशको स्वास्थ्य प्रणाली पहिले नै कमजोर रहेको र अहिले पतनको सङ्घारमा पुगेको छ ।  बिहीबार जारी गरिएको रिपोर्टअनुसार यस वर्ष एक करोड ६० लाखभन्दा बढी अफगानलाई जीवन बचाउने सहायता पुर्‍याउने लक्ष्य राखिएको छ, तर आवश्यक कोषको केवल २४ प्रतिशत मात्र सुरक्षित भएको छ ।

कोष सङ्कटका कारण चार सय २० भन्दा बढी स्वास्थ्य सुविधा बन्द हुँदा करिब ३० लाख मानिस आवश्यक चिकित्सा सेवाबाट वञ्चित भएका छन् । महिला र बालबालिका लगायत कमजोर समूहहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

डब्लुएचओले मातृ र बाल स्वास्थ्य समस्याहरू, व्यापक कुपोषण, दादुरा र पोलियो जस्ता रोगहरूको प्रकोपले गम्भीर खतरा सिर्जना गरेको चेतावनी दिएको छ । साथै, बढ्दो मानसिक स्वास्थ्य चुनौतीले जनसङ्ख्यामा ठूलो प्रभाव पारिरहँदा मानवीय आपत्काललाई अझ जटिल बनाएको छ ।

अफगानिस्तानले ठूलो मात्रामा आप्रवासीको फिर्तीको तयारी पनि गरिरहेको छ । सन् २०२५ मा १० लाखभन्दा बढी मानिस पाकिस्तानबाट र २० लाखसम्म इरानबाट फर्कने अनुमान गरिएको छ । अहिलेसम्म आठ लाख ३६ हजारभन्दा बढी अफगानहरू फर्किसकेका छन् । तीमध्ये ९२ प्रतिशत इरानबाट आएका छन् ।

बढ्दो सङ्कटले अपर्याप्त अन्तर्राष्ट्रिय कोषले अफगानिस्तानको मानवीय आपत्काललाई कसरी बिगारिरहेको छ भन्ने कुरा देखाउँछ । 

तत्काल सहयोगबिना, लाखौँ मानिसले रोग, भोकमरी र चिकित्सा सेवाको अभावमा रोक्न सकिने मृत्युको सामना गर्न सक्ने डब्लुएचओले चेतावनी दिएको छ । विश्वव्यापी समुदायलाई सहायता योगदान बढाउन डब्लुएचओले आग्रह गरेको छ । रासस

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : ३५ बजे

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी