जापानले भारतमा ६८ अर्ब डलर लगानी गर्ने | Khabarhub Khabarhub

जापानले भारतमा ६८ अर्ब डलर लगानी गर्ने


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

टोकियो- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टोकियो भ्रमणका क्रममा जापानले भारतमा ६८ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले भने, “भारतको विशाल बजार यति धेरै सम्भावनाले भरिएको छ कि यसको जीवन्ततालाई समावेश गर्दा जापानको अर्थतन्त्रको वृद्धिलाई अगाडि बढाउन मद्दत पुग्नेछ ।

द्विपक्षीय व्यापार हाल वार्षिक २० अर्ब डलरभन्दा बढीको छ, जसले जापानलाई ठूलो फाइदा पुर्‍याइरहेको छ ।

चीन भ्रमणअघि प्रधानमन्त्री मोदीको दुई दिने भ्रमणका क्रममा बोल्दै इशिबाले जापानले भारतमा लगानी बढाएर १० ट्रिलियन येन (६८ अर्ब अमेरिकी डलर) पुर्‍याउने र सेमीकन्डक्टर र एआईमा केन्द्रित सहकार्य पहल गर्ने बताए ।

जापानको ‘सेल्फ डिफेन्स फोर्सेज’ र भारतीय सशस्त्र बलबीच सैन्य अभ्यास विस्तार गर्न दुवै पक्ष सहमत भएको क्योदो समाचार एजेन्सीले जनाएको छ ।

पूर्वी चीन सागर र दक्षिण चीन सागरको अवस्थाप्रति दुवै देशले ‘गम्भीर चिन्ता’ व्यक्त गरेको क्योदोले जनाएको छ ।

जापानी प्रधानमन्त्री इशिबाले पत्रकारहरूसँग भने, “अन्तर्राष्ट्रिय परिस्थिति झन्झन् अनिश्चित हुँदै जाँदा जापान र भारतले यस क्षेत्रको शान्ति र स्थिरताका लागि हातेमालो गर्नैपर्छ।”

प्रधानमन्त्री मोदीले भने, “भारत र जापान स्वतन्त्र, खुला, शान्तिपूर्ण, समृद्ध र नियममा आधारित इन्डो–प्यासिफिकका लागि पूर्ण प्रतिबद्ध छन् ।”

यसअघि मोदीले टोकियोमा आयोजित एक व्यापारिक मञ्चमा भारत र जापानले ‘एसियाली शताब्दीलाई आकार दिने’ र भारत ‘ग्लोबल साउथमा जापानी व्यवसायका लागि स्प्रिङबोर्ड’ भएको बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय आयातमा ५० प्रतिशत कर लगाएपछि दुवै देश प्रभावित भएका छन्।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ८ : ३० बजे

यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई

चितवन राष्ट्रिय निकुञ्जमा बाक्लो सङ्ख्यामा देखिन थाले बाघ

चितवन– सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले

स्वास्थ्यमन्त्री शर्मा र चिनिया राजदूत सङबीच भेट : द्विपक्षीय साझेदारीलाई दीगो बनाउने

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र

चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिशुस्टिनबीच बेइजिङमा भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले आज बेइजिङमा रूसी प्रधान मन्त्री

भारतमा मतदाता सूची सुधार अभियान शुरु

नयाँ दिल्ली- भारत सरकारले मङ्गलबारदेखि देशव्यापी रूपमा आफ्नो मतदाता सूचीको