अर्घाखाँचीमा गाडी दुर्घटना, दुईजनाको मृत्यु, २४ जना घाइते « Khabarhub

अर्घाखाँचीमा गाडी दुर्घटना, दुईजनाको मृत्यु, २४ जना घाइते


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा २४ जना घाइते भएका छन् ।

बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२४  को  गाडी आज बिहान सन्धिखर्क– ९ टारीमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख  दिवस जिसीले जानकारी दिए । मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका  १० वर्षीया  अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल छन् ।

जिसीका अनुसार २४ घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । एकजना  घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ । 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ८ : १७ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ