समृद्ध नेपाल निर्माणको पक्षमा जुट्न दसैँले प्रेरणा दिनेछ : प्रचण्ड  « Khabarhub

समृद्ध नेपाल निर्माणको पक्षमा जुट्न दसैँले प्रेरणा दिनेछ : प्रचण्ड 


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान जटिलतालाई चिरेर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैँजस्ता सांस्कृतिक पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
 
विजया दशमी २०८२ का अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले यस पर्वले सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन, र शोकलाई शक्तिमा बदल्न सहयोग गर्ने बताएका छन् । उनले दसैँलगायत पर्वलाई सामाजिक एकता र अग्रगमनका पक्षमा संकल्पसहित मनाउन आह्वान गरेका छन्।
 
जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दालाई सम्बोधन गर्नैपर्ने जटिल राजनीतिक परिस्थितिमा सिङ्गो मुलुक उभिएको जनाउँदै संयोजक दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीलगायत संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका विषयलाई समेट्नुपर्ने बेला आएको बताएका छन् । 

माओवादी पार्टीले ‘जेनजी’का मागलाई समर्थन तथा पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै सङ्गठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको संयोजक दाहालले सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १ : ३२ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा