गाजा सम्झौता कायम राख्न ट्रम्पलाई इजरायली बन्धक परिवारहरूको आग्रह « Khabarhub

गाजा सम्झौता कायम राख्न ट्रम्पलाई इजरायली बन्धक परिवारहरूको आग्रह


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजामा युद्ध अन्त्य गर्न तयार गरिएको प्रस्तावित सम्झौतालाई दृढतापूर्वक कायम राख्न इजरायली बन्धकका परिवारहरूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन् । 

यो अपिल प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग ह्वाइट हाउसमा उनको भेट हुनु केही घण्टाअघि सार्वजनिक गरिएको हो ।

गाजामा बन्दी बनाइएका आफन्तहरूको पक्षमा आवाज उठाउने संस्था होस्टेज एन्ड मिसिङ फेमिलिज फोरमले खुला पत्रमार्फत ट्रम्पलाई सम्बोधन गर्दै लेखेको छः ‘तपाईँले अघि सारेको सम्झौतालाई तोडफोड गर्ने कुनै पनि प्रयासको विरुद्धमा दृढ रहन हामी आदरपूर्वक आग्रह गर्दछौँ । जोखिम निकै ठूलो छ, हाम्रा परिवारले यो प्रगति विफल पार्ने कुनै पनि अवरोधका लागि धेरै लामो समय प्रतीक्षा गरेका छन् ।’

गत हप्ता संयुक्त राष्ट्र महासभाको साइडलाइनमा अरब र मुस्लिम नेताहरूसँगको छलफलपछि राष्ट्रपति ट्रम्पले प्रस्तुत गरेको २१–बुँदे योजनाले युद्धविराम सम्भावनालाई निकट बनाएको टिप्पणी गरेका थिए । यही सन्दर्भमा परिवारहरूले आफ्नो अपिललाई थप बलियो बनाएका हुन् ।

फोरमले अघिल्लो वर्षभरि प्रधानमन्त्री नेतान्याहुमाथि विभिन्न युद्धविराम प्रस्तावहरूलाई बारम्बार ‘तोडफोड’ गरेको आरोप लगाउँदै आफ्ना आफन्तहरूको रिहाइ अवरुद्ध गरेको दाबी गर्दै आएको छ । 

यसै महिनामा कतारमा हमास नेताहरूलाई लक्षित इजरायली आक्रमणपछि पनि फोरमले भनेको थियो, ‘हरेक पटक सम्झौता नजिकिँदा नेतान्याहुले त्यसलाई तोडफोड गर्नुहुन्छ ।’

राष्ट्रपति ट्रम्पलाई पठाइएको पत्रमा भनिएको छः ‘तपाईँसँग मात्र यो सम्झौतालाई अन्तिम सीमामा पुर्याउने शक्ति छ । हामी तपाईंप्रति हाम्रो पक्षमा उभिनु भएकोमा हृदयदेखि आभारी छौँ ।’

तर प्रधानमन्त्री नेतान्याहुले भने विगतका दिनहरूमा आशावादका कम सङ्केत दिएका छन् । उनले संयुक्त राष्ट्र महासभामा हमासविरुद्ध ‘काम समाप्त गर्ने’ प्रतिज्ञा गर्नुभएको थियो र प्रमुख पश्चिमी मुलुकहरूले मान्यता दिएको प्यालेस्टिनी राज्यलाई रोकिने बताएका थिए। साथै, गाजा सहरमा जारी आक्रमण रोक्ने कुनै सङ्केत पनि देखाएका छैनन्, जहाँबाट लाखौँ मानिस विस्थापित भएका छन् ।

यसबीच, बन्धक परिवारहरूले ट्रम्पलाई नेतान्याहुलाई युद्ध रोक्न दबाब दिन आग्रह गर्दै भनेका छन्, ‘युद्ध अन्त्य गरेर सबै बन्धकलाई घर ल्याउने तपाईँको दोहोरो ध्यान इजरायलमा चलिरहेको युद्धसँग प्रत्यक्ष विपरीत छ । तर यस फरक धारणा बीच पनि आफ्नो विश्वासमा अडिग रहेकामा हामी तपाईंलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ ।’

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ३ : २२ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ