खार्पुनाथमा आमा र शिशुलाई पोषण सामग्री सहयोग « Khabarhub

खार्पुनाथमा आमा र शिशुलाई पोषण सामग्री सहयोग


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिमकोट– यहाँको खार्पुनाथ गाउँपालिकाले आफ्ना वडामा रहेका सुनौलो हजार दिनका आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र सरसफाइसम्बन्धी सामग्री प्रदान गरेको छ । आमा र शिशुलाई कुपोषणबाट जोगाउन र सरसफाइमा सहजताका लागि गाउँपालिका स्वास्थ्य शाखाले सामग्री प्रदान गरेको हो । 

प्रत्येक वडाका सुनौलो हजार दिनमा आमा र शिशुलाई पोषण, सरसफाइका सामग्री सहयोग गरिएको खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाहीले बताए। उक्त उमेर समूहका आमा र शिशुको पोषणमा सुधार ल्याउन र सरसफाइ गर्न सहयोग गर्न गाउँपालिकाले वार्षिक कार्यक्रम तय गरेर सहयोग गरेको हो । 

गाउँँपालिकाभरी २११ जना सुनौलो हजार दिनको आमा र त्यति नै सङ्ख्यामा शिशु छन् । उनीहरु सबैलाई ती सामग्री वितरण गरिएको उनले बताए । स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार सहयोग गरिएका सामानमा घ्यू, मार्सी चामल, अण्डा, हर्लिक्स, च्यवनप्रास छन्भने सरसफाइका सामानमा बाटा, बाल्टी, साबुन छन् । 

त्यसैगरी ग्रिनहाउस निर्माणका लागि पाल र गार्डेन पाइप पनि प्रदान गरिएको छ । खार्पुनाथ गाउँपालिका–२ को थाली स्वास्थ्य चौकी इन्चार्ज वीरसिंह रावलले आफ्नो वडाभित्रका ३५ जना सुनौलो हजार दिनका आमा र शिशुलाई पोषण तथा सरसफाइसम्बन्धी सामान प्रदान गरिएको बताए । 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ४ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको