दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गर्दै, आदिलको पुनरागमन « Khabarhub

दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गर्दै, आदिलको पुनरागमन


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

यूएईको शारजाह क्रिकेट रंगशालामा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

यस खेलमा मोहम्मद आदिल आलमले नेपालका लागि पुनरागमन गरेका छन् ।

नेपाली टिममा स्पिनर सन्दीप लामिछाने भने अटाएका छैनन् । यसअघि पहिलो खेलमा पनि सन्दीप टिममा परेका थिएनन् ।

नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आसिफ सेख, करण केसी, आदिल आलम, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छन् ।

शनिबार भएको पहिलो खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको थियो । नेपालले आईसीसीको टेस्ट टोलीमाथि जित निकालेको पहिलो पटक हो ।

नेपाली टोली यो खेलमा जित निकाल्दै तीन खेलको सिरिज एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदान उत्रिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ८ : २९ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्