सुनकोशीमा पुल नहुँदा खोटाङ जानेलाई सास्ती « Khabarhub

सुनकोशीमा पुल नहुँदा खोटाङ जानेलाई सास्ती


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ । काठमाडौंलगायत तराईका विभिन्न भाग भएर उदयपुरको गाईघाट हुँदै सगरमाथा मार्ग भएर खोटाङ जाने यात्रु यात्राले सबैभन्दा बढी सास्ती खेप्नु परेको छ ।

गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशीमा पुल नहुँदा दसैँको समयमा सिद्धिचरण मार्ग हुँदै ओखलढुङ्गाको लामो यात्रा गरेर खोटाङ जानुपर्ने बाध्यता रहेको छ ।

यहाँ निर्माण गरिएको पक्की पुल गत वर्ष असोजमा आएको बाढीले भत्काएको थियो । त्यसको आठ महिनाअघि जडान गरिएको बेलिब्रिजसमेत खोलिएपछि दशैंको समयमा पहाडी क्षेत्र खोटाङ जाने यात्रुले महँगो भाडा तिरेर लामो घुम्ती सडकमार्ग भएर जानुपर्ने बाध्यता रहेको यात्रुहरू गुनासो गरेका छन् ।

हाल सिद्धिचरण मार्गअन्तर्गत ओखलढुङ्गा भएर वा सुनसरीको धरानस्थित धनकुटा, भोजपुर घोडेटार भएर टेम्के मैयुङ हुँदै खोटाङ पुग्न बाध्य हुन परेको छ । दशैं मनाउनका लागि साउदी अरबबाट आफ्नो घर खोटाङ जान लागेका दिनेश राई भन्छन्, “पहिले गाईघाटबाट सिधैैँ दिक्तेल जान पाइन्थ्यो । गाईघाटबाट रु एक हजारमा छ घण्टाको यात्रामा घर पुग्ने गरिएका अब कटारी हुँदै सिद्धिचरण मार्ग भएर ओखलढुङ्गा जयराम घाटबाट खोटाङ जान बाध्य भएको छु । एक दिनभन्दा बढी समय र तीन हजारभन्दा बढी खर्च भइरहेको छ ।”

खोटाङ दिक्तेल खिदीमाका ४५ वर्षीय टीकाराम खड्काले पनि वर्षौपछि दसैँ मनाउन घर आउँदा पुल नभएर समस्या भोग्नुपरेको बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ११ : ०४ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच