प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदै | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदै


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

यसका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिने छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद  कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै  दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र संसद् विघटन दुबै असंवैधानिक कदम रहेको दाबीसहित सर्वोच्चमा अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज सफललगायतबाट १६ वटा रिट दर्ता भएका छन् ।

जेनजी आन्दोलनका क्रममा देशभरका अदालतमा तोडफोड र आगजनीपछि  बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेकका काम स्थगित भएको न्यायाधीशहरूको पूर्ण बैठकले असोज २८ गतेदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुला गरेपछि संसद प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता भएका हुन् ।

अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीको सिफारिसमा गत भदौ २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : ३४ बजे

सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी

बालुवाटार बैठकमा राप्रपाः मुलुकले अब अर्काे विद्रोह थेग्न सक्दैन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अब मुलुकले अर्काे विद्रोह थेग्न

मधेशका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

काठमाडौँ– मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको

दक्षिण अफ्रिकाका अलराउन्डर वेन पार्नेल जनकपुर बोल्ट्समा आबद्ध

काठमाडौं – दक्षिण अफ्रिकाका अनुभवी अलराउन्डर वेन पार्नेल नेपाल प्रिमियर

रविले कारागारबाटै सोधे : मेरो मुद्दाबारे वर्तमान सरकारको धारणा के छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि