देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली « Khabarhub

देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

धरान— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एकीकृत समाजवादी (नेकपा एस)मा रहेका नेता कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका छन् ।

एमाले जनसंगठन संयन्त्र, कोशीको आयोजनामा मंगलबार भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै  ज्ञवालीले एकीकृत समाजवादीलाई बस स्टप जस्तो बनाउन खोजेर माओवादीमा मिसाउने प्रयत्न भइरहेको बताए ।

नेकपा एस र माओवादीबीचको एकता हुन लागेको सन्दर्भमा नेता ज्ञवालीले नेकपा एसलाई बस स्टप जस्तो बनाएर माओवादीमा लैजान खोजिएको भन्दै व्यङ्ग्य गरेका छन् ।

उनले राष्ट्रहित र संवैधानिक व्यवस्था खतरामा परेको दाबी गरे । उनले लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई कमजोर बनाउनका लागि अहिले षड्यन्त्र भइरहेको बताए ।

ज्ञवालीले जेनजीको नाममा देशमा विध्वंश सृजना गरि सार्वभौम सत्ता र राष्ट्रियतालाई खतरामा पार्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गरे । उनले भने, ‘हाम्रो भूमि प्रयोग गरेर छिमेकीलाई प्रयोग गर्ने प्रयत्न भइरहेको छ । हामी यस्ता प्रयासबाट होसियार हुनुपर्छ।’

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : ४७ बजे

सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले आगामी एघारौँ महाधिवेशनमा

एक भुक्तभोगीको अख्तियारलाई प्रश्न– चयनमुखी अभियोजनले न्याय बाँच्ला ?

काठमाडौं– अख्तियार सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको

जनकपुरले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्तो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत आइतबार

क्षतिग्रस्त सिंहदरबार अवलोकन गर्न पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको जेन-जी आन्दोलनका

ग्रीसमा १८ आप्रवासी मृत फेला, अनुसन्धान सुरु

एथेन्स- ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा