इलामका बाढीपीडितलाई जर्मनीको सहयोग « Khabarhub

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई ६३ लाख ९६ हजार रुपैयाँ बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार सम्झौता गरेको नेपालस्थित जर्मनी राजदूतावासले जनाएको छ ।

आगामी दुई महिनाभित्रमा बाढीप्रभावितलाई स्थानीय समुदायसँगको सहकार्यमा सहायता सामग्री प्रदान गरिने दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विपन्न वर्गलाई प्राथमिकतामा राखेर सहायता सामग्री प्रदान गरिने छ । गत वर्ष पनि सर्लाही र रौतहटका बाढीपीडितलाई जर्मनीले एक करोड ६४ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : ५६ बजे

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौं– गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा

रूपान्तरणको आवाजलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ : उदयशमशेर

काठमाडौं– नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीमा उठेको रूपान्तरण र

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखेका सातवटा क्यामरामा क्षति

चितवन–  चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सात वटा क्यामेरामा

आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै