निरन्तर हिमपात : ‘हिडन भ्याली’मा तीन बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा « Khabarhub

निरन्तर हिमपात : ‘हिडन भ्याली’मा तीन बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये तीन  बेलायती महिला  र १२ जना स्वदेशी पर्यटक रहेका छन् । 

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातीदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि १२  नेपाली र तीन जना बेलायती पर्यटकहरू सो भ्यालीमा रोकिएका हुन् । 

धौलागिरि र सिता हिमालका बीचमा समुन्द्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको हिडन भ्यालीमा बास बसेका उनीहरू सुरक्षित रहेका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए । 

‘काठमाडौको सेक्रेट हिमालय ट्रेड  एण्ड एक्पिडिसन ट्राभल एजेन्सी मार्फत पदयात्रामा गएका बेलायती पर्यटकले हिँड्न गार्हो पर्ने भएकाले मंगलबार साँझ सम्बन्धित कम्पनी मार्फत हेलिकप्टरबाट उद्धारको व्यवस्था मिलाउन अनुरोध गरेका थिए,’ उनले भने, ‘बुधबार बिहानसम्म सम्पर्कमा रहेका उनीहरू सकुशल छन् ।’

म्याग्दी र मुस्ताङको जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकाय मार्फत उद्धार टोली पठाउने प्रयास गरे पनि हिउँ पर्न नरोकिएकाले समस्या भएको छ । हिउँ पर्न रोकिएर मौसम सफा भएपछि स्थल र हवाई मार्गबाट हिडन भ्याली पुग्न सकिन्छ ।   

उनीहरू रहेका स्थानमा होटल र घर छैन । सेक्रेट हिमालय ट्रेड एण्ड एक्सपीडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिक म्यारी रिप्पे, क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन् । 

पथप्रर्दशकले स्याटेलाइट फोन मार्फत उद्धारको अनुरोध गरेका व्यवस्थापक लामाले बताए । हिमपात रोकिएर मौसम सफा भएमा हेलिकप्टर पुग्न सक्ने र हिउँ पग्लिएर बाटो पत्ता लगाउन सके मात्र सुरक्षित स्थलतर्फ हिडन सक्छन् । त्यहाँ मोबाइल र इन्टरनेट सेवाको पहुँच छैन  । 
 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ११ : ४७ बजे

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता