स्वास्थ्यमन्त्री शर्माको नेतृत्वमा पहिलो बैठक सम्पन्न, मुख्य तिन विषयमा निर्णय  « Khabarhub

स्वास्थ्यमन्त्री शर्माको नेतृत्वमा पहिलो बैठक सम्पन्न, मुख्य तिन विषयमा निर्णय 


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमको उपस्थितिमा सम्पन्न वरिष्ठ व्यवस्थापन टोलीको पहिलो बैठकले मुख्य तिन वटा विषयमा निर्णय गरेको छ । 

बैठकले मन्त्रालय र मातहतका विभाग, केन्द्र तथा महाशाखाहरूले परिवर्तित सन्दर्भमा जनचाहना अनुरूप स्वास्थ्य क्षेत्रको सुधार गर्न आफ्नो–आफ्नो कार्यक्षेत्र अनुसारका कार्यक्रमहरूको कार्य योजना तयार गर्ने निर्णय गरेको छ ।

ती कार्य योजनाहरूलाई तत्कालीन (३० दिनभित्र सम्पन्न हुनसक्ने), मध्यकालीन (६० दिनभित्र सुरु हुने) र दीर्घकालीन (सुदूर भविष्यमा प्रभाव पार्ने) गरी वर्गीकरण गर्न निर्देशन दिइएको छ । यी सूचीहरू मिति २०८२ मंसिर १२ गतेभित्र मन्त्रालयमा पेश गर्नुपर्ने र नीति, योजना तथा अनुगमन महाशाखाले मंसिर १३ गतेभित्र एकीकृत प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरिएको छ।

साथै मन्त्रालय मातहतका विभाग तथा संघीय अस्पतालहरूबाट हुने सार्वजनिक खरिद प्रक्रिया, औषधी दर्ता प्रक्रियालाई अत्यन्तै पारदर्शी  बनाई सम्बन्धित निकायले आफ्नो कार्यक्षेत्र अनुसार पूर्ण जिम्मेवारी एवं जबाफदेहीताका साथ कार्यान्वयन गर्ने साथै आफ्नो निकायबाट सम्पादन हुने कार्यहरूको बारेमा आउने गुनासाहरूको तत्काल सम्बोधन गर्ने निर्णय पनि बैठकले गरेको छ । 

नर्सिङ कर्मचारी लगायतका तलब तथा सुविधा सम्बन्धी विषयमा भएको विरोध प्रदर्शन, जेन-जी घाइतेहरूको वर्गीकरण, जेन-जी क्लिनिक सञ्चालनको अवस्था र तयारी तथा मनोसामाजिक परामर्श सेवा सञ्चालनमा सहजीकरणको लागि सानो टोली सातै प्रदेशमा खटाउने निर्णय पनि बैठकले गरेको छ ।


प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १२ : १७ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ