सार्वजनिक र निजी सम्पत्तिको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न मुख्यमन्त्री कँडेलको आग्रह « Khabarhub

सार्वजनिक र निजी सम्पत्तिको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न मुख्यमन्त्री कँडेलको आग्रह


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन-जी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र चोरीका घटनामा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गरेका छन् ।

जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गतेका दिन आगजनी, लुटपाट तथा चोरीबाट क्षति भएको सम्पत्तिको अध्ययन गर्न आज सुर्खेत आइपुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँगको भेटका क्रममा मुख्यमन्त्री कँडेल निष्पक्ष छानबिन तथा अध्ययन गर्न आग्रह गरेका हुन् । 

उनले आन्दोलनको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई सुझाव दिए ।

मुख्यमन्त्री कँडेलले विगतमा राजनीतिक तथा जनआन्दोलन जे भए पनि कहिल्यै नागरिकको निजी सम्पत्तिमा आगजनी वा लुटपाटजस्ता घटना नभएको स्मरण गराए । ‘अपराधलाई राजनीति भनेर ढाकछोप गरियो भने कानुनको शासन कमजोर हुन्छ र अराजकता बढ्ने खतरा रहन्छ’, उनले भने, ‘अब नागरिक नै असुरक्षित हुने अवस्था आउन सक्छ ।’

अपराधजन्य कार्यमा संलग्न जोकोही भए पनि कानुनअनुसार कडा कारबाही गर्नुपर्नेमा उनको जोड थियो । जाँचबुझ आयोग र प्रहरी प्रशासनले सत्यतथ्य तथा निष्पक्ष अनुसन्धानद्वारा दोषीलाई कारबाहीमा ल्याएमात्र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सकिने मुख्यमन्त्री कँडेलको भनाइ थियो । उनका अनुसार छानबिन सत्यतथ्य हुन नसके आपराधिक तत्वले प्रश्रय पाउँछ । 

जाँचबुझ आयोगका सदस्य भण्डारीले निजी घर जलाउने कार्यलाई स्पष्ट रूपमा आपराधिक गतिविधिका रूपमा आयोगले अध्ययन गर्ने बताए । उनले व्यक्तिगत घरमा आगजनी, लुटपाट र चोरी गर्ने कुरा राजनीतिक नभएको उल्लेख गरे ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले हालसम्म सुर्खेतमा भएको आगजनी, लुटपाट र चोरीसम्बन्धी फोटो तथा भिडियो प्रमाण सङ्कलन गरिएको जानकारी दिए । 

घटनामा संलग्न व्यक्तिहरूको पहिचान कार्य अन्तिम चरणमा पुगेको जनाउँदै उनले केही दिनभित्रै कानुनी कारबाही अगाडि बढाइने बताए । रासस

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १२ : ५८ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा