रोकिएन नर्सहरूको आन्दोलन, आज देशभरका स्वास्थ्य संस्थामा २ घण्टा सेवा बन्द  « Khabarhub

रोकिएन नर्सहरूको आन्दोलन, आज देशभरका स्वास्थ्य संस्थामा २ घण्टा सेवा बन्द 


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म २ घण्टा सेवा ठप्प पारेका छन् । 

निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक सरकारले तोकेअनुसार हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूको माग पुरा गर्नका लागि दवाव दिन भन्दै नेपाल नर्सिङ सङ्घले कात्तिक २ गते आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको थियो । 

जसमा कात्तिक ४ गतेदेखि ११ गतेसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने, १२ गतेदेखि १८ गतेसम्म दैनिक दुई घण्टा सेवा रोक्ने घोषणा गरेको थियो । संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यदलले १८ कात्तिकमा बुझाउने प्रतिवेदनपछि नयाँ कार्यक्रम घोषणा गर्ने जनाएको छ।

नर्सहरूले उठाएको मागलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरेको छ। जसको कार्यावधि छठपछि सात दिन तोकिएको छ ।

सङ्घको आह्वानमा नर्सहरू ४ कात्तिकबाट हातमा कालोपट्टी बाँधेर सेवामा रहेका थिए । नर्सहरू सेवा तथा सुविधासहितका विषयमा १५ सूत्रीय माग राखेर आन्दोलनमा रहेका छन् । 

यता निजी स्वास्थ्य संस्थाका सञ्चालकहरू भने उनीहरूले माग गरेको पारिश्रमिक दिन नसक्ने अडानमा रहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १ : १३ बजे

रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो

किएभ – युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको