सुरक्षाकर्मीले पन्छाए मुक्तिनाथ मन्दिर परिसरको हिउँ « Khabarhub

सुरक्षाकर्मीले पन्छाए मुक्तिनाथ मन्दिर परिसरको हिउँ


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म हेडक्वाटर मुस्ताङका सुरक्षाकर्मीद्वारा आज बिहान मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याएको छ । मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याइएको हो । मङ्गलबार बिहानदेखि मुक्तिनाथक्षेत्रमा भारी हिमपात भएको थियो ।

हिमपातका कारण मुक्तिनाथ मन्दिर पुरै हिउँले ढाकिएको थियो । बाक्लो हिउँ परेका कारण मुक्तिनाथ परसर तथा परिसरका अवस्थित दुई वटा स्नानकुण्डसमेत हिउँले ढाकिएको थियो । यसैगरी झक्तजनले सेचन गर्ने १०८ धारा आसपाससमेत बाक्लो हिउँ जमेका कारण भक्तजनलाई नुहाउन कठिनाई उत्पन्न भएको थियो ।

मुक्तिनाथ क्षेत्रमा मंगलबार दिनभर बाक्लो हिउँ परेको थियो । हिमपातका कारण मुक्तिनाथ बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्मको पैदलमार्गमा बाक्लो हिउँ जमेको थियो । पैदलमार्गमा हिउँ जमेपछि मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थी समस्यामा परेका थिए ।

आज मौसम खुलेसँगै सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा गएको ११ जना सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने पैदलमार्गमा जमेको हिउँ पन्छ्याएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए । मुक्तिनाथ विकास समितिका प्रतिनिधि प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरी टोली घरेलु उपकरण कुटो,कोदालो, सावेल प्रयोग गरी मुक्तिनाथ क्षेत्रको हिउँ पन्छ्याएको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।

मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने करिव दुई किलोमिटर पैदलमार्गमा जमेको हिउँ सशस्त्र प्रहरीद्वारा पन्छ्याइएपछि मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई निकै सजिलो भएको वारागुङ–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । यहाँ परेको हिमपातका मुक्तिनाथ जाने दर्शनार्थीलाई आउजाउ गर्नमा निकै गारो थियो, चिप्लिने, लड्ने र दुर्घटना हुने जोखिम थियो ।

वडाध्यक्ष गुरुङले भने, ‘यहाँ हिउँ पन्छ्याइपछि भक्तजनलाई हुने दुर्घटनाको जोखिम हटेको छ ।’ यसैगरी सशस्त्र प्रहरी बल नेपाल ३३ हेडक्वाटर मुस्ताङले मुक्तिनाथमा दर्शन गर्न जाने दर्शनार्थीलाई लक्षित गरी एकदिने हाईअल्टिच्युड प्राथमिक स्वास्थ्य हेल्थ डेस्क राखेको छ ।

हिमपातसँगै चिसो ह्वात्तै बढेका कारण मुक्तिनाथ आएका दर्शनार्थीलाई हाइअल्टिच्युडको सम्भावना रहने भएकाले स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क राखिएको शसस्त्र प्रहरीले जनाएको छ । मुक्तिनाथको तल्लो गेडमा सशस्त्र प्रहरीले स्वास्थ्य परीक्षणका लागि एकदिने हेल्थ डेस्क राखेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १ : ५२ बजे

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको