सञ्चारमन्त्री खरेलले भने- अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन « Khabarhub

सञ्चारमन्त्री खरेलले भने- अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् ।  

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आबद्ध विभिन्न संघ संस्थाहरूसँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पारे । 

सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सबैले साथ दिनुपर्ने उनले बताए ।

मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गरे । 

उनले अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै सुरु गर्न मन्त्रिपरिषद्मा नियमावली पेश गरि पारित हुने जानकारी दिए । केहिदिन भित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै हुने उनको भनाइ छ ।

छलफलका क्रममा अनलाइन टिभी सञ्चालक साथै डिजिटल सञ्चार माध्यममा प्रतिनिधिहरूले राज्यले आफूहरूलाई प्राथमिकतामा नराखेको गुनासो गरेका थिए । 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  २ : ०५ बजे

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र