राहदानी सेवा ५१ दिनपछि सञ्चालन | Khabarhub Khabarhub

राहदानी सेवा ५१ दिनपछि सञ्चालन


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली– गत भदौमा जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि सञ्चालनमा आएको छ । जेन-जी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि रोकिएको सेवा आजदेखि सञ्चालनमा आएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले ५१ दिनपछि आजदेखि राहदानीको काम सुरु भएको जानकारी दिए । दसैँ अगाडि छापिएर आएका राहदानी वितरण गरिएपनि नयाँ विवरण दर्ताको काम भने आजदेखि सुरु भएको उनले बताए। 

सहायक प्रजिअ रेग्मीका अनुसार आज ४० जनालाई सेवाका लागि कोटा निर्धारण गरिएको छ । यसअगाडि दुई वटा स्टेसन रहेकामा अहिले एउटा स्टेसनबाट सेवा प्रवाह थालिएको छ । उनले भने, ‘दुई वटा स्टेसन हुँदा दैनिक ८० जनालाई सेवा दिन सक्थ्यौँ, अहिले एउटा मात्र सञ्चालनमा आएकाले सेवाग्राहीको सङ्ख्या कम गरिएको हो ।’

यससँगै कार्यालयबाट साविकका सबै काम सुरु भएका सहायक प्रजिअ रेग्मीले जानकारी दिए । कार्यालयमा गत असोज २६ गतेदेखि राष्ट्रिय परिचयपत्र दर्ताको काम पनि पुनःसञ्चालन गरिएको थियो । 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  २ : १८ बजे

निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुन्छ : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको

ट्रंकलाइन विवाद : संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको

लिबियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा १८ जनाको मृत्यु

त्रिपोली– पश्चिमी लिबियाको जाविया तटमा  आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल

२५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका अस्थायी सिकाइमा सहभागी : युएनआरडब्लुए

न्युयोर्क– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी