पार्टी विभाजनको औचित्य पुष्टि भएको छ : अध्यक्ष नेपाल « Khabarhub

पार्टी विभाजनको औचित्य पुष्टि भएको छ : अध्यक्ष नेपाल


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु भएको छ ।

बैठकको आरम्भ गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले मेचीदेखि महाकालीसम्मका जनतासँग गरिएको भेटघाट र छलफलका क्रममा प्राप्त समस्या र गुनासा सम्बोधन नगरिदिँदा मुलुकमा जेन-जी समूहको आन्दोलन र नयाँ परिस्थिति उत्पन्न भएको बताए । 

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट आफूहरू अलग भएपछि चार वर्षको अवधिमा भएका कामले पार्टी विभाजनको औचित्य पुष्टि भएको जिकिर गरे । 

सो पार्टीका सम्मानित नेता झलनाथ खनालले विभाजनको औचित्य पुष्टि नहुँदै कुनै अर्को दलसँग एकतामा जाने प्रस्ताव आएको विषयमा गम्भीर छलफल हुनुपर्ने धारणा व्यक्त गरे । 

पार्टी महासचिव घनश्याम भुसालले विभिन्न पार्टीसँग भएका वार्ता र एकता कार्यदलको प्रतिवेदन बैठकमा पेस हुने जानकारी दिए ।

बैठकमा जेन-जी आन्दोलन, नयाँ सरकार गठनपछिको अवस्थाको समीक्षा र पार्टी एकतालगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  २ : ५५ बजे

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध