माधव नेपालको प्रस्ताव- समान बिचार भएका पार्टीबीच एकता गर्न ढिला गर्नुहुँदैन « Khabarhub

माधव नेपालको प्रस्ताव- समान बिचार भएका पार्टीबीच एकता गर्न ढिला गर्नुहुँदैन


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा गरेको समयमा प्रतिनिधिसभा निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेका छन् ।

काठमाडौंमा बुधबारबाट शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा चुनाव बाहेक अर्को विकल्प नरहेको भन्दै तोकिएको समयमा चुनाव गराउन सरकार सफल हुनेमा आशङ्का व्यक्त गरेका हुन् । 

उनले अहिलेको सरकारले नै निर्वाचन गराउने समेत प्रश्न खडा भएको धारणा राखे । यद्यपि निर्वाचनको तयारीमा जुट्दै राम्रो परिणाम ल्याउने गरी तयारी भने गर्नुपर्ने उनले बताए ।

त्यस्तै अध्यक्ष नेपालले समान बिचार भएका पार्टीहरुबीच एकता गर्न ढिला गर्न नहुनेमा जोड दिए । समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता रहेको र त्यसका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुबीच एकता अपरिहार्य रहेको उनले बताए ।

उनले एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम नरहेको उल्लेख गर्दै विद्रोह गरेर नयाँ दल खोल्नुको औचित्य पुष्टि भइसकेको जिकिर गरे । 

अध्यक्ष नेपालले जेनजी आन्दोलनका क्रममा परिस्थीतिलाई ढिक ढंगले मूल्याङ्कन गर्न नसक्दा ठूलो धनजनको क्षति भएको बताए । 

जेन-जी युवाहरु आफ्नो पार्टीसंग निरन्तर सम्वाद र छलफलमा रहेको भन्दै उनले उनीहरुको मागप्रति पार्टीको पूर्णरुपमा समर्थन रहेको बताए ।

अध्यक्ष नेपालले संविधानको देश रक्षा गर्दै विदेशीको हस्तक्षेपबाट जोगाउन सरकार अघि बढे सरकारलाई सहयोग गर्ने धारणा राखे । शुक्रबारसम्म चल्ने बैठकमा जेन-जी आन्दोलन, नयाँ सरकार गठनपछिको अवस्थाको समीक्षा र पार्टी एकतालगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ३ : ११ बजे

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको

जसपा नेपालले घेर्‍यो देशैभरका जिल्ला प्रशासन कार्यालय

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि