२५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका अस्थायी सिकाइमा सहभागी : युएनआरडब्लुए | Khabarhub Khabarhub

२५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका अस्थायी सिकाइमा सहभागी : युएनआरडब्लुए


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीका २५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिकाहरू एजेन्सीले स्थापना गरेको अस्थायी सिकाइमा सहभागी भएको पुष्टि गरेको छ ।

युएनआरडब्लुएका आयुक्त–जनरल फिलिप लाजारिनीले युद्धविरामसँगै, युएनआरडब्लुएले भौतिक तथा अनलाइन दुवै माध्यामबाट गाजामा ‘ब्याक टु लर्निङ’ कार्यक्रमलाई अगाडि बढाइरहेको बताए । 

एजेन्सीले आवश्यकता र सम्भावनाका आधारमा यस्ता सिकाई स्थानहरूको सङ्ख्या बढाउने कार्य जारी राख्ने कुरामा उनले जोड दिए ।  

युएनआरडब्लुएले गाजा पट्टीका करिब ३ लाख बालबालिकासम्म पुग्ने उद्देश्यले कक्षा सञ्चालन गरिरहेको लाजारिनीले बताए । 

साक्षरता र शिक्षाले पीडित बालबालिकाहरुको जीवन निर्वाहको महत्त्वपूर्ण आधार तय गर्ने लाजारिनीले सामाजिक सञ्जाल एक्स मार्फत जनाएका छन् ।  रासस
 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ४ : १३ बजे

संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी दललाई ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव

काठमाडौं – ‘जेनजी’ प्रतिनिधि एवं अगुवाहरूले समयमै निर्वाचन सम्पन्न गर्ने

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक १३ गते बिहीबार। कात्तिक

आज २०८२ साल कात्तिक १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १३ गते बिहीबार। कात्तिक

बालुवाटारमा वर्षमानको प्रस्ताव: ०४६ पछि सार्वजनिक ओहोदामा बसेकाको सम्पत्ति छानबिन गरौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि