सहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध « Khabarhub

सहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– स्थानीयवासीको अवरोधका कारण  बञ्चरेडाँडामा  फोहर विसर्जनमा समस्या भएको छ। नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर विसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी विसर्जन नगरी फर्किएका छन् ।

फोहर विसर्जनकार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहर फाल्न अवरोध गरेको धुनबेसी नगरपालिका–१ का स्थानीय दीपेन्द्र लामाले जानकारी दिए।

उनको अनुसार सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि विगतमा भएको १८ बुँदे सहमति कार्यान्वयनको माग मुख्य रूपमा राखिएको छ ।

ककनी गाँउपालिका–१ र २ तथा  धुनबेसी नगरपालिका–१, २ र ३ वडाका स्थानीयबासी दुई जिल्लाको सङ्गम ढाँडेस्थित सडकमा बसेर फोहर विसर्जन गर्न आएका गाडीलाई फिर्ता पठाइदिएका जनाइएको छ । 

स्थानीयहरुले विसंं २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमतिमा उल्लेख भएको फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने, र फोहर विसर्जन पश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

उक्त सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको समक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको उनीहरूले गुनासो गरेका छन् । 

आफूहरूको मागको सम्बोधन र सहमति कार्यान्वयनको प्रतिबद्धता जनाउन काठमाडौँ महानगरपालिकाको प्रतिनिधि प्रभावित क्षेत्रमा नै आउनुपर्ने माग गर्दै सिसडोल, कुँडुले, ढाँडेको सडकमा सयौँको सङ्ख्यामा स्थानीयहरु शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।

स्थानीयले स्वःस्फूर्त रूपमा सङ्गठित भएर विगतका सहमति कार्यान्वयनको माग राख्दै गरेको फोहर विसर्जनको अवरोधमा ककनी र धुनबेसीँका जनप्रतिनिधि र दलीय प्रतिनिधिले पनि साथ दिएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ४ : १२ बजे

टी–२० विश्वकप : पाकिस्तानले गर्‍यो भारतसँग खेल्ने निर्णय

काठमाडौं – सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको

व्हाट्सएपमा एआई पहुँच सुनिश्चित गर्न मेटालाई निर्देशन

ब्रसेल्स – युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं – ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको