राजुनाथ पाण्डे निलम्बनमै रहने, उच्चले खारेज गरिदियो रिट निवेदन  « Khabarhub

राजुनाथ पाण्डे निलम्बनमै रहने, उच्चले खारेज गरिदियो रिट निवेदन 


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेको रिट खारेज गरिदिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफूलाई गरेको निलम्बनविरुद्ध पाण्डेले दायर गरेको रिट उच्च अदालतले खारेज गरिदिएको हो ।

उच्चका न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधवार पाण्डेको रिट खारेज गरिदिएसँगै उनी निलम्बनमै रहने भएका हुन् ।

 पाण्डेलाई निलम्बन गरेपछि काठमाडौं महानगरपालिकाले नयाँ महानगर प्रहरी बल प्रमुखमा नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई ल्याएको थियो । अब उनैले निरन्तरता पाउने छन् । 

राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेसँगै जोशीलाई गत जेठ २० गते नगर प्रहरीको कमान्ड दिने निर्णय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेका थिए । 

तर उनको निर्णयलाई तत्कालीन अवस्थामा रोक लगाउँदै उच्चले जोशीलाई नहटाउन अन्तरिम आदेश दिएको थियो ।

वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेलाई २०८१ जेठ ६ गते गुरागाईँले एक साताको समय दिएर स्पष्टीकरण सोधेका थिए ।

त्यसपछि पाण्डेले जेठ १२ मा गुरागाईँसमक्ष स्पष्टीकरण बुझाए । सात बुँदे स्पष्टीकरणमा पाण्डेले मेयर बालेन्द्र साहको आदेश पालना गरेको बताएका थिए ।

२०८१ चैत २१ गते गुरागाईँ काठमाडौं प्लाजास्थित कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले रोक्ने प्रयास गरेको थियो ।

गुरागाईँलाई रोक्न नसकेपछि पाण्डे नेतृत्वको नगर प्रहरीले कार्यालयभित्रै महानगरका कर्मचारीहरूमाथि बल प्रयोगको कोसिस गरेको थियो । त्यसपछि गुरागाईँले पाण्डेलाई किन कारबाही नगर्ने भनेर जेठ ६ गते स्पष्टीकरण सोधेका थिए ।

नगरप्रहरी प्रमुख

काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुखमा राजुनाथ पाण्डेलाई २०८० असोज ३० मा बढुवा गरेको थियो । मेयरमा बालेन्द्र साह आइसेपछि पाण्डेले नगर प्रहरीको नेतृत्व पाएका थिए । तर उनी प्रमुख प्रशासकीय अधिकृतबाट भन्दा मेयरबाटै चल्ने गरेका थिए ।

पाण्डे ३० असोज २०८० को कार्यपालिका बैठकबाट नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका थिए ।

त्यसबेला एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णुप्रसाद जोशी र तीन नम्बरमा दिनेश अर्यालको नाम सिफारिस भएको थियो । कार्यसम्पादन मूल्यांकन र वरियताको आधारमा पाण्डे बढुवा भएका थिए । 

पाण्डेको निलम्बन निरन्तर  रहेपछि त्यसबेला बढुवाका लागि २ नम्बरमा सिफारिस जोशीको हातमा नेतृत्व पुगेको थियो ।
 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ३० बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख