अवरुद्ध चामे–खाङ्सार सडक सञ्चालन « Khabarhub

अवरुद्ध चामे–खाङ्सार सडक सञ्चालन


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मनाङ– सोमबारदेखि परेको हिमपातका कारण अवरुद्ध चामे–खाङ्सर सडक सञ्चालनमा आएको छ । दुई दिनको निरन्तर प्रयासपछि सडक सञ्चालन गर्न सकिएको हो । 

सडक खुलाउन सुरक्षाकर्मी, स्थानीय तह तथा सम्बन्धित निकायको समन्वयमा गरिएको प्रयास खुलाउन सफल भएको हो । सडकमा रहेको हिउँ फालिएपछि आजदेखि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । 
    
उनले भने, ‘३० किलोमिटर चामे–खाङ्सार सडक खुलाएर सहज बनाइएको छ । मनाङका विभिन्न स्थानमा हिउँले सडक अवरुद्ध भएकामा हटाउन सकिएको छ ।’

बाटोमा फसेका पर्यटकको उद्धार गर्दै सडक सञ्चालन गर्न सफल भएको उनले बताए। 
    
तीन वटा एस्काभेटरका साथै सुरक्षाकर्मीको सहयोगमा हिउँ फालेर सडक सञ्चालनमा आएसँगै मनाङ आउने–जाने स्थानीय र पर्यटकलाई सहज भएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए । जिल्ला प्रशासनले यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : १३ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको