गृहमन्त्रीसँग र अमेरिकी राजदूतको भेट « Khabarhub

गृहमन्त्रीसँग र अमेरिकी राजदूतको भेट


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री अर्यालले पछिल्लो समय मुलुकको अवस्थामा दिनप्रतिदिन सुधार हुँदै आएको उल्लेख गरेका थिए । यसका लागि सबै पक्षसँग सहकार्य भएको तथा सर्वसाधारण र सुरक्षा संयन्त्रबीच विश्वासको वातावरण बनेको उनको भनाइ थियो ।

राजदूत थम्प्सनले पछिल्लो समय मुलुकमा उत्पन्न परिस्थितिपछि शान्ति कायम गर्न र सुरक्षा व्यवस्थापनका लागि गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।

राजदूत थम्प्सनले पछिल्लो समय एमसीसी परियोजनाका विरुद्धमा भइरहेको बयानबाजी र एमसीए नेपालले केही स्थानमा भोगिरहेको अप्ठ्याराका विषयमा चासो व्यक्त गरेका थिए । सो सम्बन्धमा मन्त्री अर्यालले वर्तमान सरकार अघिल्लो सरकार, संसद्ले गरेका प्रतिबद्धता पूरा गर्नका लागि तयार रहेको बताएका थिए।

त्यस अवसरमा राजदूत थम्पसनले नेपालमा रहेका शरणार्थीसम्बन्धी चासो राख्नुभएको र मन्त्री अर्यालले नेपालले सबै प्रकारका मानवअधिकारको सम्मान गर्ने बताएका थिए। साथै गृहमन्त्रालयले निर्वाचन आयोगसँग सुरक्षाका विषयमा परामर्श गरिरहेको मन्त्री अर्यालको भनाइ थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ४२ बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको