साढे ४ घण्टा बसेर सकियो सरकार, दल र जेनजीको संयुक्त बैठक « Khabarhub

साढे ४ घण्टा बसेर सकियो सरकार, दल र जेनजीको संयुक्त बैठक


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सरकार, राजनीतकि दल र जेनजीको पहिलो संयुक्त बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुटारमा बसेको बैठक साढे ४ घण्टामा सकिएको प्रधानमन्त्रीका संचार संयोजक राम रावलले जानकारी दिए।

आजको बैठा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचन केन्द्रित भएको उनको भनाइ छ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले मुलुक आफूहरूले नै बनाउनुपर्ने बताइन्। उनले बैठकको सुरुवातमै भनेकी थिइन्, हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन। एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ। हामीले सुरुवात गरेका छौँ। आआफ्ना विचार राख्न म खुला गर्छु।’

बैठकमा जेनजीहरुले सुशासन, भ्रष्टचारीहरुलाई कारबाही लगायतका मागहरू सरकारले सम्बोधन गर्नुपर्न बताए। उनीहरुले कारबाही र सुशासनलाई सँगसँगै लैजान पनि सरकारसँग माग गरे। चुनाव हुनै पर्ने तर चुनाव भएर मात्रै पनि नहुने उनको भनाइ छ।

‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन,’ उनीहरुले भने, ‘हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो। भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ।’

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : ४३ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने