बजार अनुमगनलाई तीव्र बनाउँदै वाणिज्य विभाग « Khabarhub

बजार अनुमगनलाई तीव्र बनाउँदै वाणिज्य विभाग


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र पारेको छ । विभागले शुक्रबार मात्रै काठमाडौंका विभिन्न आठ उद्योग तथा फर्मको अनुमगन गरेको छ ।

अनुगमनका क्रममा क्रिष्टल स्टोर तारकेश्वर गोलढुङ्गालाई दुई लाख पाँच हजार जरिवाना गरेको छ । विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारवाही गरेको हो ।

त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिने उल्लेख छ ।

ऐनको दफा ३९ मा ‘बजार अनुमगन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले जरिवाना गर्न सक्नेछन् । ऐन अनुसार अनुचित व्यपारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले अधिकतम दुई लाखदेखि तीन लाखसम्म जरिवाना गर्न सक्नेछन् ।

काठमाडौं महानगरपालिका ३१ नयाँ बानेश्वरमा अवस्थित घुम्ने किचेनलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । सिनामङ्गलको ग्रिन बड्स बेकरी क्याफेलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।

यस्तै, ललितपुरको सुमेरु अस्पताल परिसरमा रहेको क्यान्टिनलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अन्य तीन फर्मलाई भने सामान्य निर्देशन दिइएको छ । (रासस)

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ६ : ५६ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद