सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं « Khabarhub

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर राख्दै यो विध्वंसका योजनाकारलाई बिर्सन नसक्ने बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय महासचिव पोखरेलले सोमबार बिहान सिंहदबार जलेको फोटो राख्दै यस्तो बताएका हुन् ।

उनले एकै दिनमा जनताको आन्दोलनका नाममा भएको त्यो घटनालाई विध्वंसात्मक भनेका छन् । उनले यो षड्यन्त्रको आरोप जेनजीका नाममा नेपाली नवयुवामाथि लागेको भन्दै त्यसलााई स्वीकार गर्न नसकिने बताए ।

‘एक दिनमा यत्रो क्षति !! जनताको आन्दोलन यस्तो हुन सक्दैन। कुनै पनि हालतमा, कुनै पनि बहानामा, यस्तो विध्वंसात्मक हुनै सक्तैन। त्यसमाथि यत्रो षडयन्त्रको आरोप जेन्जीका नाममा नेपाली नव युवाहरुमाथि ? अहं यस्तो हुनै सक्दैन !!’, पोखरेलले फेसबुकमा लेखेका छन्, ‘हामी बिर्सने छैनौं । हो, हामी बिर्सने छैनौं यस विध्वंसका योजनाकार र मतियारहरुलाई !! ’

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ९ : ४४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म