जेनजी आन्दोलनपछि निर्वतमान गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै « Khabarhub

जेनजी आन्दोलनपछि निर्वतमान गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका निर्वतमान गृहमन्त्री रमेश लेखकले सोमबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य समेत रहेका निर्वतमान गृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन नैतिकता प्रर्दशन गर्दै साँझ नै राजीनामा दिएका थिए । त्यसपछि भदौ २४ गते काठमाडौं लगायत मुलुकका ठुला शहरमा सार्वजनिक तथा नीजि सम्पतीमा तोडफोड र आगजनी भएको थियो ।

“आज नेता लेखकले घटनाका विषयमा जानकारी गराउन जाँचबुझ आयोगमा जाने कार्यक्रम छ,” लेखकका स्वकीय सचिव जनक भट्टले भने, “त्यसपछि लगत्तै संसदीय दलको कार्यालयबाट विस्तृत सार्वजनिक गर्नुहुनेछ ।”

लेखकले केही दिनअघि मात्रै सञ्चार माध्यममार्फत् आफू आयोगमा घटनाबारे जानकारी गराउन जाने बताएका थिए । जेनजी आन्दोलनपछि पार्टी महाधिवेशनको विषयमा भइरहेको कांग्रेसको आन्तरिक छलफलमा मध्यमार्गी भूमिका निभाउँदै आएका लेखकले आयोगमा घटनाबारे जानकारी गराउने जाने सुरुवातबाटै मनसाय व्यक्त गर्दै आएका थिए ।

जेनजी आन्दोलनमा भएको घुसपैठका कारण नेता लेखकको काठमाडौं र कञ्चनपुरको महेन्द्रनगरमा गरी तीन वटा निजी घरमा आगजनी गरेर ध्वस्त पारिएको थियो

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ९ : ५९ बजे

साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

निर्वाचन लक्षित दूरसञ्चार सेवा प्रभावकारी बनाउन गृहको पहल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दूरसञ्चार सेवालाई थप

मेक्सिकन आपराधिक साम्राज्यमा शक्तिशाली गिरोहका निर्दयी नाइके ‘एल मेन्चो’ को अपेक्षित अवसान

काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइके सुरक्षा कारवाहीमा मारिएपछि

साम्बालाई कमल थापाको ढाडस, ‘चिन्ता नगर्नु, सिङ्गो देश साथमा छ’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले चर्चित महिला फुटबलर