‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई « Khabarhub

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जितेका छन्।

गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले १२ औँ गोरखा महोत्सवको अवसरमा आज आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेण्डमा पूरा गरेर उपाधि हात पार्नुभएको हो।

गोरखा नगरपालिका–५, स्थित ऐतिहासिक पस्लाङ चौताराबाट सुरु भएको दौड हनुमान भञ्ज्याङ हुँदै गोरखा दरबार परिसरमा समापन भएको थियो।

प्रतियोगितामा नेपाली सेनाकै गणेश रावलले ३० मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो हुनुभएको सङ्घका अध्यक्ष भगवान् बाबु मास्केले जानकारी दिए।

त्यस्तै त्रिभुवन आर्मी क्लबका अर्का धावक टङ्कबहादुर कार्कीले निर्धारित दूरी ३० मिनेट ५९ सेकेण्डमा पूरा गरेर प्रतियोगिता तेस्रो हुनुभएको छ। प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगीले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ। उहाँले निर्धारित दूरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गरेका हुन्।

त्यस्तै सशस्त्र प्रहरी वलकी धाविका आष्मा बिकले निर्धारित दूरी ४२ मिनेट १० सेकेन्डमा पूरा गरेर सान्त्वना स्थान हासिल गरेका छन्। प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ११ : १३ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै