नेपाल प्रहरीद्वारा मङ्सिरमा ४० करोड राजस्व संकलन « Khabarhub

नेपाल प्रहरीद्वारा मङ्सिरमा ४० करोड राजस्व संकलन


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२-८३ को मङ्सिर महिनामा ४० करोड २५ लाख ४९ हजार राजस्व संकलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व संकलन गरिएको हो । 

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामद वापत रु १७ करोड ९५ लाख ६७ हजार, अदालती फैसला कार्यान्वयनबाट १२ करोड ३७ लाख ३६ हजार, ट्राफिक कारबाहीवापत सात करोड १५ लाख ९३ हजार तथा अवैध सुनचाँदी बरामदवापत ८९ लाख ४५ हजार ३९३ राजस्व संकलन गरेको छ ।

यस्तै हुण्डी कारोबार गर्नेहरुबाट ६४ लाख ४३ हजार, स्रोत नखुलेको रकम रु ८५ लाख नौ हजार, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्नेहरुबाट २७ लाख ६४ हजार, अवैध काठ बरामदबाट दुई लाख ८७ हजार र अवैध पशुपंक्षीको कारोबार गर्नेहरुबाट सात लाख दुई हजार बरामद गरेको प्रवक्ता काफ्लेले बताए ।
 

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १२ : २७ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन