साजिद खान छायांकनका क्रममा घाइते भएपछि… « Khabarhub

साजिद खान छायांकनका क्रममा घाइते भएपछि…


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड फिल्म निर्माता तथा निर्देशक साजिद खान मुम्बईमा छायांकनका क्रममा घाइते भएपछि अस्पताल भर्ना भएका छन्। भारतीय सञ्चारमाध्यम ‘हिन्दुस्तान टाइम्स’का अनुसार एकता आर. कपूरले निर्माण गरिरहेको फिल्मको सुटिङका बेला उनको खुट्टा फ्र्याक्चर भएको हो।

घटनापछि साजिदलाई तत्काल अस्पताल लगिएको थियो। चिकित्सकको सल्लाहअनुसार आइतबार गरिएको शल्यक्रिया सफल भएको र हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी दिदी तथा चर्चित निर्देशक फराह खानले जानकारी दिएकी छन्।

 शल्यक्रियापछि फराह खानले साजिदको स्वास्थ्यमा सुधार भइरहेको बताउँदै भनिन्, ‘शल्यक्रिया सफल भएको छ। अहिले उनी ठीक छन् र आराम गरिरहेका छन्।’

चिकित्सकको निगरानीमा रहेका साजिद उपचारप्रति राम्रो प्रतिक्रिया दिइरहेका छन्। पूर्ण रूपमा निको भएपछि मात्र काममा फर्किने तयारी रहेको परिवारले जनाएको छ।

५५ वर्षका साजिद खान लामो समयपछि निर्देशनमा पुनः सक्रिय हुने तयारीमा थिए। उनको अन्तिम निर्देशित फिल्म सन् २०१४ मा रिलिज भएको कमेडी फिल्म ‘हमशकल्स’ हो। 

यसअघि ‘हे बेबी’, ‘हाउसफुल’ र ‘हाउसफुल २’ जस्ता सफल फिल्ममार्फत उनले बलिउडको कमेडी विधामा आफ्नो पहिचान बनाएका थिए। दुर्घटनापछि प्रशंसक र फिल्मकर्मीहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १ : ०८ बजे

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ।

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव

दोस्रो पटक घण्टी घरमा बालेन्द्र, आजै रास्वपा दलको नेता बन्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक घण्टीघरमा सुरू भएको