खेलकुद क्षेत्रमा राजनीति हावी भयो : अध्यक्ष श्रेष्ठ « Khabarhub

खेलकुद क्षेत्रमा राजनीति हावी भयो : अध्यक्ष श्रेष्ठ


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा राजनीति हावी हुँदा समग्र खेलकुद नै प्रभावित भइरहेको बताएका छन्।

सोमबार काठमाडौंमा एनओसीको २१औं साधारणसभाको उद्‌घाटन गर्दै अध्यक्ष श्रेष्ठले खेल क्षेत्रका अधिकांश विवाद अदालतसम्म पुग्नुको मुख्य कारण राजनीति भएको उल्लेख गरे ।

यसले खेलकुदको विकासमा नकारात्मक असर परेको उहाँको भनाइ थियो। एनओसीभित्रै अनावश्यक विवाद सिर्जना हुँदा आफ्नै भवन हुँदाहुँदै पनि संस्थाले ‘घरवारबिहीन’ अवस्था भोग्नुपरेको उनले बताए।

अध्यक्ष श्रेष्ठले प्रतिकूल परिस्थितिका बीच पनि नेपालको खेलकुद विकासका लागि एनओसी सक्रिय भएर लागिरहेको स्पष्ट पारे। नेपालमा ओलम्पिक अभियानलाई चिनाउने काम एनओसीले नै गरेको दाबी गर्दै उनले अन्तर्राष्ट्रिय जगतले पनि नेपालको ओलम्पिक गतिविधिलाई सकारात्मक रूपमा हेरिरहेको बताए।

खेलकुद सङ्घहरू स्वायत्त संस्था भए पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट अनावश्यक हस्तक्षेप हुने गरेको आरोप अध्यक्ष श्रेष्ठले लगाए। केही व्यक्तिको स्वार्थका कारण ऐनले तोकेको चार वर्षे अवधिमा सङ्घहरूको निर्वाचन हुन नदिइएको उहाँको जिकिर थियो।

यसैबीच, अध्यक्ष श्रेष्ठले आगामी एसियन गेम्समा सहभागिताका विषयमा खेलकुद मन्त्रालयसँग छलफल गरिने जानकारी पनि दिए।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  २ : ४६ बजे

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई