गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित « Khabarhub

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ । स्थानीय नागरिक सुरक्षा निकायका अनुसार सात वर्षीय बालक इनारमा खसेर मृत्यु भएका छन् भने करिब तीस वर्षीया महिलाको तेज हावा र भारी वर्षाका क्रममा ज्यान गएको हो ।

आँधीबेहरीपछि उद्धार टोलीहरू पानीले भरिएका अस्थायी पालहरूमा खटिएर पानी निकासी र नाली सफा गर्ने काम गरिरहेका छन् । तर पर्याप्त स्रोत र उपकरणको अभावका कारण राहत कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको जनाइएको छ ।

अधिकारीहरूका अनुसार धेरै विस्थापित शिविरहरू हिलो र पानीले भरिएका छन्, जसले सर्वसाधारणलाई गम्भीर जोखिममा पारेको छ । 

आपतकालीन कक्षले तत्काल सुरक्षित आवासको आवश्यकता रहेको उल्लेख गर्दै कठोर मौसमका कारण कमजोर पालहरू नष्ट भएको र क्षतिग्रस्त घरहरू आंशिक रूपमा भत्किएको चेतावनी दिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : १० बजे

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका